वैशाख १४, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार रू. १०० ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य भने बढेको रहेको छ । सोमवार प्रतितोला १ हजार ३१० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले वृद्धि भएर रू. १ हजार ३१५ मा खरीदविक्री भइरहेको छ ।