असार २, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९३ हजार १०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य भने बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३५५ मा कारोबार भएको चाँदी बुधवार रू. ५ ले बढेर रू. १ हजार ३६० मा खरीदविक्री भइरहेको छ ।