जेठ ५, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ६०० ले उकालो लागेको सुनको भाउ बुधवार रू. १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३९० मा कारोबार भएको चाँदी बुधवार रू. २० ले घटेर रू. १ हजार ३७० मा खरीदविक्री भइरहेको छ ।