एम्बर हर्डले आफ्नो पूर्वप्रेमी एलोन मस्कले ट्वीटर खरिद गरेको केही दिनभित्रै आफ्नो अकाउन्ट निष्क्रिय पारेकी छन् । बिहीबारदेखि उनको ट्वीटर अकाउन्ट ‘रियलएम्बरहर्ड’ खोज्दा भेटिएको छैन । हर्डले आफ्नो खाता किन बन्द गरिन् भनेर स्पष्ट भने पारेकी छैनन् । केहीले पूर्वपति जोनी डेपसँगको मानहानीको मुद्दापछि उत्पन्न उनीविरुद्धको प्रतिक्रियाबाट बच्न अकाउन्ट बन्द गरेको आशंका गरेका छन् । त्यस्तै केहीले भने पूर्वप्रेमीको स्वामित्वमा आएपछि ट्वीटरमा रहिरहन असहज महसुस भएको हो कि आशंका गरेका छन् ।&nb