डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट बन्द भएको छ ।  अमेरिकी संसद भवन क्यापिटल्स हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई उत्तेजित पार्ने खालको ट्वीट गर्न थालेपछि उनको ट्वीटर अकाउन्ट बन्द गरिएको हो ।  अमेरिकी संसदमा आक्रमणका क्रममा एक जनाको मृत्यु भइसकेको छ ।  यसबीचमा  ट्रम्पले शेयर गरेका भिडियो तथा पोस्टहरू फेसबूक तथा ट्वीटरले हटाएका छन् ।  हिंसात्मक पोस्ट गरेको भन्दै फेसबूक र ट्वीटरले ट्रम्पको भिडियो हटाएको बताइएको छ ।

सम्बन्धित सामग्री

डोनाल्ड ट्रम्पका छोराको एक्स अकाउन्ट ह्याक, बुवाको मृत्यु भएको झुटो हल्ला

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको एक्स (ट्वीटर) अकाउन्ट ह्याक भएको छ । ह्याकरले उनको अकाउन्ट कब्जामा लिएर विभिन्न खालका आपत्तिजनक पोस्टहरु लगातार गरिरहेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अपशब्द बोल्नुका साथै डोनाल्ड ट्रम्पको मृत्यु भएकोसम्म दाबी गरिएको छ । डोनाल्ड ट्रम्प जुनियरको एक्स अकाउन्टमा गरिएको एउटा पोस्टमा भनिएको छ- मलाई […]

आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन अदालत पुगे डोनाल्ड ट्रम्प

सीएनएन  । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् ।  गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा उनलाई ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल प्लेटफर्मबाट प्रतिबन्धित गरिएको थियो । घटनामा ट्रम्प समर्थकहरुले संसदमा घुसपेठ गरि आतङ्क मच्चाएका थिए...