अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड

कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ । बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पण