३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा सदस्यहरु विभाजित भएका छन् । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भोलि संसदको कार्यालय सकिनुअघि नै प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाउन चाहेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले भने अध्ययन नै पूरा नभएको बताएका छन् । […]