इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्न इच्छा देखाएको छ । दुई वर्षअघि नै इन्डोनेसिया सरकारले नेपालसँग सिधा फ्लाइटका लागि सहकार्यको प्रस्ताव पठाए पनि हालैमात्र पुनः अर्को प्रस्ताव पठाएको हो । केही महिनाअघि मात्र इन्डोनेसियाले दुई देशबीच नियमित उडानका लागि सम्झौता गर्न मागपत्र पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यद्यपि, सो बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको बताएको छ ।‘नेपाल–इन्डोनेसिया सिधा फ्लाइटको सहकार्यको प्रयास पहिले देखिकै हो । बीचमा कोभिडका