त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकियो

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सकिएको छ । बिहीवार र आज शुक्रवार दुई दिन भएको क्यालिब्रेशन फ्लाइटका कारण उडान तथा अवतरणमा समस्या भएको थियो । आज शुक्रवार पनि दुई घण्टा क्यालिब्रेशन फ्लाइट भएको थियो ।  फ्लाइटका कारण जहाज उडान तथा अवतरणमा समस्या भएको भए पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, 'क्...

सम्बन्धित सामग्री

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध विमानस्थल अवतरण

रुपन्देही । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । थाइल्याण्डबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको सो विमान साँझ ५ बजे गौतमबुद्ध विमानस्थलमा ल्याण्ड गरेको हो । विमानस्थलमा जडान भएका उपकरणले काम गरे-नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) […]