संवैधानिक नियुक्तिविरुद्धका रिटमाथि सुनुवाइ हुने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने दाबी गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउने निर्णय भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ती रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । यसअघि बार-बेञ्च समन्वय समिति बैठकमा जबराले संवैधानिक इजलाससम्बन्धी रिट संवैधानिक इजलासमै पठाउने सहमति जनाए पनि त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गर्दै डिभिजनल बेञ्चमा नै पेशी तोकेका थिए ।
अधिवक्ताद्वय गणेश रेग्मी र दीपकविक्रम मिश्रको रिट अन्तत: ...