नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास बिहीवार बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बनेको संवैधानिक इजलासमा जेठ २१ गते शुक्रवार प्रारम्भिक सुनुवाइ शुरू भएको थियो ।
शुक्रवार हेर्दाहेर्दैमा टुंगिएको सुनुवाइ आज हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सदस्य छन् ।
नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत छुट्टाछुट्टै ६ वटा रिट परेका थिए ।
सरकारको सिफारिसमा र...