प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने विषयको टुङ्गो लगाउन अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासमा राखिएको छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासमा पठाउने प्रयोजनका लागि उक्त रिट कामु प्रधानन्यायाधीशको इजलासमा पारिएको हो । आफैँ विपक्षी भएको रिटमा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुने कि नहुने भन्ने विवादकै बीच तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिक्युजलको घोषणा गरेपछि अधिवक्ता गणेश रेग्मीले प्