काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सर्वोच्च बार एसाेसिएशनका पदाधिकारीसँग भएको छलफलमा उहाँले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाउनुभएको हो । यो सहमतिसँगै प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार...