सर्लाही : कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए।अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए।जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना स