बहुऔषधि प्रतिरोधी क्षयरोग : २४ महिने उपचार अब ९ महिना गरे पुग्ने
काठमाडौं- राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी क्षयरोगको छोटो अवधिको उपचार विधि सुरु गर्ने भएको छ। केन्द्रले पुस १६ गतेदेखि पहिलो चरणमा देशका चार स्थानबाट नौ महिने उपचार सेवा...
काठमाडौँ – सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। अभियान क्रमशः सात सय ५३ […]
बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ। राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ।
काठमाण्डाै - कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ ।
औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेक...
काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ। सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुरपुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम […]
बलेवा । बागलुङ बजारमा बस्ने अन्दाजी १६-१७ वर्षका एक युवा एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी गर्यो । नजिकैको धौलागिरि अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ । तर ती युवा सरकारले उपलव्ध गराएको निःशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट […]
कुनै पनि स्वास्थ्य संस्थाबाट क्षयरोग भएको पुष्टि भएमा बिरामीले निःशुल्क उपचार पाउने व्यवस्था सरकारले गरेको छ। जुन स्वास्थ्य संस्थाले क्षयरोग पत्ता लगायो, उक्त संस्थाले क्षयरोग भएको पुष्टि गरेको पत्र देखाएको खण्डमा आफूलाई पायक गर्ने अस्पताल, स्वास्थ्य चौकी वा उप–स्वास्थ्य चौकीले क्षयरोगको औषधि खाना मिल्ने व्यवस्था गरिएको छ। तर पनि क्षयरोगलाई नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा […]
१० चैत, काठमाडौं । नेपालमा क्षयरोगको संस्थागत रुपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न मोडल प्रयोग भए । कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) त कहिले स्टव टिबी रणनीति बनाएर काम भयो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । २०७५ सालसम्म नेपालमा ४५ हजार क्षयरोगी […]
काठमाडौँ– आज विश्व क्षयरोग विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका थिए । बाँकी बिरामी उपचारको […]
सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य विकास साझेदारले सहयोग गर्दै आए पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट घटेको हो ।अघिल्लो आवमा एक अर्ब ८४ […]