‘रासायनिक मलको विकल्प प्राङ्गारिक मल’

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासायनिक मलको अर्को विकल्प प्राङ्गारिक मल भएको बताएका छन् । बुधवार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै मन्त्री यादवले अहिले मल राष्ट्रिय समस्या भएकोले यसको समाधान जिटूजीबाट हुनसक्ने तर अहिलेको विकल्प भनेको प्राङ्गारिक मल नै भएको बताएका हुन् । उनले धेरै देशहरूलाई जिटूजीमाध्यमबाट मल दिन पत्राचार गरिएपनि कुनै देश त्यसका लागि तयार रहने स्थिती नदेखिएको बताए । मन्त्री यादवले मलखाद लगायतका कृषिस

सम्बन्धित सामग्री

रासायनिक मलको विकल्पमा जैविक मल

रायायनिक मलको विकल्पमा बायोडायनामिक जैविक मल उद्योग स्थापना गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९, मरेतरास्थित गौ संरक्षण केन्द्रले उक्त उद्योग स्थापना गरेको हो । स्वस्थ कृषि उत्पादनका लागि स्वस्थ प्राङ्गारिक मल हुनुपर्ने भएकाले रासायनिक मलको विकल्पमा उद्योग स्थापना गरिएको गौ संरक्षण केन्द्रका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । रासायनिक मलको अभाव हुने, खरिदमा ठुलो रकम बिदेसिने भएकाले त्यसको विकल्पका रूपमा जैविक मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । लम्सालका अनुसार तीन लाख रुपियाँ लागतमा उद्योग स्थापना गरिएको हो ।

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

रिब्दीकोट गाउँपालिकाको सहयोगमा एक सहकारीले प्राङ्गारिक मल उत्पादनको तयारी गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि प्राङ्गारिक मल उत्पादन गर्न लागेको हो ।

प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी

पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो । आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ६ मङ्सिर । लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त […]

काठमाडौंका किसानलाई रासायनिक मलको चिन्ता, 'प्राङ्गारिक मल पनि छैन'

काठमाडौं । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण नेपालका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।   धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरीद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।  ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले १ हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड ट्रेडिङमार्फत महानगरले १ हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।  ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन् ।  उनले भनिन्, “ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र किसानले खेती गरिरहेका छन् । चालू आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।”  “अन्य जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा गाई, भैँसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्राङ्गारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रसायनिक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ । माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन । हामीलाई पनि चिन्ता छ ।” उनले भनिन्, “खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन् ।” –रासस

किसानलाई प्राङ्गारिक मल बनाउन तालिम

काठमाडौँ,१४ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । “रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न […]

नवलपुरमा रासायनिक मलको अभाव, किसानले मलबिना नै धान रोपाइँ गरे

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् । असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई वस्तुको मल र ढैचाको प्रयोगबाट धान रोपाइँको तयारी गरेका हुन् । जिल्लामा अहिले डिएपी मल शून्य अवस्थामा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएकाे […]

प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा

दाङ-अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा बर्सेनि पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा बर्सेनि किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् ।तर, रासायनिक मलको विकल्पका रूपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै […]

प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा

दाङ । अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा वर्षेनी पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा वर्षेनी किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् । तर, रासायनिक मलको विकल्पका रुपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू […]

तनहुँमा २ करोड २८ लाखको रासायनिक मल बिक्रि - Naya Patrika

रासायनिक मलको प्रयोगबाट उत्पादन छिटो हुने हुँदा जिल्लामा रासानिक मलको माग बढ्दै गएको छ । रासायनिक मलको प्रयोगले उत्पादन बढ्ने हुँदा कृषकहरु प्राङ्गारिक मल भन्दा रासायनिक मल प्रयोग बढी गर्ने गरेको कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तनहुँले जनाएको छ ।