काठमाडौंका किसानलाई रासायनिक मलको चिन्ता, 'प्राङ्गारिक मल पनि छैन'

काठमाडौं । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण नेपालका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।   धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरीद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।  ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले १ हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड ट्रेडिङमार्फत महानगरले १ हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।  ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन् ।  उनले भनिन्, “ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र किसानले खेती गरिरहेका छन् । चालू आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।”  “अन्य जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा गाई, भैँसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्राङ्गारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रसायनिक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ । माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन । हामीलाई पनि चिन्ता छ ।” उनले भनिन्, “खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन् ।” –रासस

सम्बन्धित सामग्री

सरकार मल देऊ, मल बनाऊ

अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् ।

सरकार मल देऊ, मल बनाऊ

अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् ।

सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना ल्याउनुपर्छ : संग्रौला

काठमाडौं–नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना ल्याउनुपर्ने बताएकी छिन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘यस पटक पनि बजेटमा रासायनिक मल कारखाना खोल्ने कुरा परेको छ,’ उनले भनिन्, ‘तर मेरो विचारमा अहिले स...

प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा

दाङ-अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा बर्सेनि पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा बर्सेनि किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् ।तर, रासायनिक मलको विकल्पका रूपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै […]

प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा

दाङ । अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा वर्षेनी पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा वर्षेनी किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् । तर, रासायनिक मलको विकल्पका रुपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू […]

प्राङ्गारिक मल प्रयोग गर्न प्रेरित गर्दै किसान रामपुकार

धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ बरमझियाका ५० वर्षीय रामपुकार यादवले रासायनिक मल र कुनै किटनाशक औषधीको प्रयोगबिना नै उन्नत आलु उब्जाउनुभएको छ । उहाँले रसायनिक मल र कीटनाशक औषधीको प्रयोगै नगरी छ कठ्ठा जमिनमा गरेकोे उन्नत आलूखेतीको बारेमा यतिखेर गाउँमा चर्चाको विषय बनेको छ ।

म्याग्दी घट्टटोलका कृषक भकारो सुधार अभियानमा

म्यागदी, ३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताए […]

प्राङ्गारिक मल उत्पादन तथा नियमनका लागि निर्देशिका तयार

बर्सेनि हुने मलको अभावलाई न्यूनीकरण गर्न कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक मलमा विशेष जोड दिन थालेको छ । प्राङ्गारिक मलको उत्पादन तथा नियमनका लागि कृषि मन्त्रालयले प्राङ्गारिक तथा जीवाणु मल नियमन निर्देशिका २०७७ तयार पारेको छ । कानुनी परामर्शका लागि सो निर्देशिका गत शुक्रबार कानुन मन्त्रालयमा पठाएको मन्त्रालयका सहसचिव कञ्चन राज पाण्डेले बताउनुुभयो । नेपालको कृषि रासायनिक मलकै भरमा चलिरहेको छ, जब कि रासायनिक मल स्वदेशी उत्पादन पनि होइन, हामीकहाँ नेपालमै उत्पादन प्राङ्गारिक मल छ तर किसानले त्यो प्रयोग गरिरहेका छैनन्, उहाँले भन्नुुभयो, नेपालमा उत्पादन गरिने सबै खाले अर्गानिक मललाई व्यवस्थित त्यसलाई किसानसम्म पु¥याउन मन्त्रालयले योजना बनाइरहेको छ ।

तनहुँमा २ करोड २८ लाखको रासायनिक मल बिक्रि - Naya Patrika

रासायनिक मलको प्रयोगबाट उत्पादन छिटो हुने हुँदा जिल्लामा रासानिक मलको माग बढ्दै गएको छ । रासायनिक मलको प्रयोगले उत्पादन बढ्ने हुँदा कृषकहरु प्राङ्गारिक मल भन्दा रासायनिक मल प्रयोग बढी गर्ने गरेको कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तनहुँले जनाएको छ ।