रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो सेनालाई युक्रेनमाथि आक्रमणको आदेश दिएसँगै युक्रेनका थुप्रै सहरहरुमा आक्रमण सुरु भएको छ। खासगरी युक्रेनी राजधानी किभ र अन्य प्रमुख सहरमा त्यहाँको सैन्य सुविधमाथि रुसले आक्रमण गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आज राजधानी कीभमा समाचार ब्रीफिंग गर्दै १३७ जना सर्वसाधरण र सेनाले ज्यान गुमाएको बताएका छन्।