अग्निपथ योजनाविरुद्ध भारतमा प्रदर्शन चर्कियो, रक्षामन्त्रीले बोलाए समीक्षा बैठक

भारतमा अग्निपथ योजनाविरुद्ध तेलंगानाको सिकन्दरावादमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। देशका विभिन्न भागमा भइरहेको विरोधका कारण ३०० भन्दा बढी रेलको आवतजावत प्रभावित भएको छ। विगत तीन दिनदेखि जारी आन्दोलनमा धेरै ठाउँमा रेलवे स्टेशन र रेलमा क्षति पुगेको छ। तेलंगाना, बिहार र उत्तर प्रदेशमा प्रदर्शनकारीले रेलमा आगजनी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिहारका १२ जिल्लामा आइतबारसम्म इन्टरनेट सेवा बन्द गरिएको छ। यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले योजनाबार