छात्रवृत्तिका लागि सानिमा बैंकले माग्यो आवेदन

काठमाडौं । सानिमा बै‌ंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिंदै […]

सम्बन्धित सामग्री

सानिमा बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख किक्ता शेयर वित्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा आगामी ३५ दिनभित्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सानिमा बैंकमा जागिरको अवसर,आवेदन दिन यसो गर्नुस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको […]

छिमेक लघुवित्त र सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक र छिमेक लघुवित्तले संस्थापक तर्फको शेयर आजदेखि विक्रीमा ल्याएका छन् । सानिमा बैंकको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको १५ हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । सानिमा बैंकको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सम्बन्धित कम्पनीको शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । छिमेक लघुवित्तको शेयर खरीदका कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा र सानिमा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

माथिल्लो मैलुङ खोलाको आईपीओ भोलिदेखि विक्री हुने, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलि (बिहीवार) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्बको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा कम्पनीले रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्ने भएको छ ।   स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ का बासिन्दारूका लागि र सो क्षेत्रबाहेक रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत रू. २ अर्ब ५० करोड छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ४८ लाख २५ हजार १७४ छ । यस आयोजनाबाट आगामी साउन १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने कम्पनीको लक्ष्य छ ।

सानिमा बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सानिमा बैंकले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हाे । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ छ भने सर्वसाधारण तर्फको शेयर मूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक शेयर पनि विक्रीमा आएको छ ।  लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय, ललितपुरमा आवेदन पेस गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. ४४७ छ । सर्वसाधारणतर्फको शेयर मूल्य भने प्रतिकित्ता रू. ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सूचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

तीन वाणिज्य बैंकको करीब ३९ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । तीन वाणिज्य बैंकले ३८ लाख ९७ हजार ६८९ कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार सूचना जारी गरेका छन् । प्रभु बैंक, सानिमा बैंक र कुमारी बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएका हुन् । कुल कित्तामध्ये प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता, सानिमा बैंकको ११ लाख ८७ हजार १७३ कित्ता र कुमारी बैंकको २ लाख ३ हजार ८७ कित्ता रहेको छ । तीन वाणिज्य बैंकहरूमध्ये सानिमा बैंकले प्रतिकित्ता शेयर मूल्य रू. १५० तोकेको छ । सानिमा बैंकको शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । अन्य दुई बैंकको संस्थापक शेयर खरीदका लागि भने मूल्य र आवेदन कित्ता तोकिएको छैन । तीन ओटै बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रभु बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं, सानिमा बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय नक्साल, काठमाडौं र कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लिखित शेयर विक्री गरिने जानकारी बैंकहरूले दिएका छन् ।

सानिमा र सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कुनले दिन्छ बढी ब्याज ?

सानिमा बैंक र सिद्धार्थ बैंकले आज असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेका छन्। सानिमाले ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो भने सिद्धार्थले ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो । सानिमा बैंकले   १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । यस ऋणपत्रमा सामुहिक लगानी कोषले आवेदन दिएका छैनन्  । ऋणपत्र निष्काशनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम २० लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  त्यस्तै सिद्धार्थले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

जेठ २०, काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा आएको छ ।  बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रू. २०० मा विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।  आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।