अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सेना अफगानिस्तान पठाउने

अलजजिरा। अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सैनिक पठाउने भएको छ। आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिसक्ने निर्णय गरेको अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धार गर्न थप सेना पठाउने भएको हो। उद्दारको कार्य चलिरहँदा दूतावास खुला रहने र सम्पूर्ण काम हुने अमेरिकी विदश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिए।

सम्बन्धित सामग्री

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा

काठमाडौँ-  अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ । उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो । अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा […]

अफगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार

हालसम्म अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका हुन् ।

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पाेलियाे खाेप

काठमाण्डाै – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप...

आफ्ना नागरिको उद्धार नसकेसम्म अमेरिकी सेनाले अफगानिस्तान नछाड्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेना अफगानिस्तानमै रहने बताएका छन्।  अमेरिकाले हालसम्म आफ्ना कुटनीतिक कर्मचारीसहित ५ हजार नागरिकको उद्धार गरिसकेको छ। अमेरिकी रक्षामन्त्री लयोड अस्टिनले अमेरिकी नागरिकको उद्धार लक्ष्य पूरा नहोउन्जेल अमेरिकी सेना काबुल अन्तर्राष्ट्रिय विमानस्थलमै रहने उल्लेख गरे। उनले सेनाले काबुल विमानस्थलको सुरक्षा गर्ने तर कसैलाई तर्साउनका लागि हतियारको प्रयोग भने नगर्ने बताए।साथै जोखिममा रहेका अफगानी नागरिकको सुरक्

अफगानिस्तानबाट रोजगारदाताले नै उद्धार गरिरहेका छन् नेपाली कामदार

रोजगारीका लागि अफगानिस्तान पुगेको नेपालीलाई त्यहाँका रोजगारदाता कम्पनीले उद्धार गरिरहेको नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । अफगानिस्तानमा त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेपछि त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई सम्बन्धित देशहरूले धमाधम फिर्ता लगिरहेका छन् ।  नेपालबाट विशेष गरी विदेशी मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्न नेपालीहरू अफगानिस्तान जाने गरेका थिए ।  नेपालबाट अहिलेसम्म श्रम स्वीकृति लिएर करीब चार हजार नेपाली अफगानि...

सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अफगानिस्तान घटनामा सरकारको गम्भीर चासो रहेको भन्दै त्यहाँ रहेका नेपालीलाई छिटो उद्धार गर्ने जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अफगानिस्तानमा रहेका नेपालीको […]

अमेरिकी सैन्य टोली आयो अफगानिस्तान

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ ।  केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।   अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको

अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तानमा : कूटनीतिक कर्मचारीको उद्धार गर्ने

काठमाण्डाै - तालिबान विद्रोहीको आक्रमण बढेपछि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको बीबीसीले जनाएको छ । अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घका महा...