काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमीकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताएका छन्।बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताए। उनले तराई/मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताए।उनले चुरेमा तस्करहरूले गिट्टी, बालुवा उत्खनन गरिरहेको भन्दै चुरे विनाश हुँदै गइरहेको बताए। चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उनले बताए।उनले भने, &lsqu