काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका झन्डै २१/२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।
आज सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सांसद अधिकारीले भन्नुभयो, ‘हुँदा हुँदा लुटिएका झन्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आ...