सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध

गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट / हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन... The post हुम्लामा हवाई सेवा अवरुद्ध appeared first on Purbeli News.