२०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म गोरखाको उत्तरी गाउँ धार्र्चेका लाप्राकीसँग ६० भन्दा धेरै भेडीगोठ थिए । भेडाबाट हुने आम्दानीले वर्षभरिको अन्न जोहो गर्ने र चाडपर्व मनाउने लाप्राकीसँग हिजोआज मुस्किलले छवटा भेडीगोठ छन् ।
म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको रुइसे चरन क्षेत्रमा चर्दै गरेका भेंडा । पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाले भेडाबाख्रा चराउने गर्छन् । रुइसे ठूलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठ हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुइसे ठूलो पाखोमा विगत २५ वर्षदेखि रघुगंगा–२, धुपीचौरका टेक परियारले भेडापालन गर्दै […]
– युवराज विष्ट भोजपुर, ८ असार । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, […]
ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा […]
लमजुङ– भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाको रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ । युवा पुस्ताले यस व्यवसायमा चासो नदिँएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन् […]
म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लि
तेह्रथुमका लेकाली क्षेत्रहरूमा कुनै समय अधिक मात्रामा भेडापालन हुन्थ्यो । भेडापालनबाट राम्रो आम्दानी लिन्थे यस क्षेत्रका स्थानीयले । पछिल्लो समय बढ्दो सहरीकरणसँगै सामुदायिक तथा निजी वनले सरकारी जमिन अधिनमा ल्याउन थालेपछि भेडापालन संकटमा पर्दै गएको छ ।आङदिमका हिक्मत लिम्बुले भने, “ऊनबाट राडीपाखी बनाइन्थ्यो तर, पछिल्लो समय राडीपाखी बनाउन छाड्दै गएपछि भेडापालन पनि मासिँदै गयो ।” […]
म्याग्दी । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको हो ।
सिंगापुर र मलेशियाको करीब २ दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर फर्किएका धवलागिरि गाउँपालिका–५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगायत युवाले विदेशमा कमाएको ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायिक रूपमै नै भेडापालन शुरू गरेका हुन् ।
गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेका बेला कोरोना र लकडाउनको प्रवाहविना भेडापालनमा व्यस्त छन् । फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्ममा अहिले २५० ओटाभन्दा बढी भेडा छन् ।
उनले ५ वर्षदेखि वनजंगलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनले बताए ।
यस्तै पात्लेखर्ककै दानबहादुर गर्बुजाले पनि प्रवासमा आर्जन गरेको कमाइ गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारको क्रममा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले १३ लाख लगानीमा भेडापालन व्यवसाय शुरू गरेका हु्न् । उनको गोठमा अहिले भेडाको संख्या २५० नाघेको छ । भेडा विक्रीबाट उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् ।
यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिन गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ ।
भेडा खरीदका लागि व्यापारीहरू गोठमै पुग्ने गर्छन् । व्यापारीहरू गोठमै आउने भएकाले बजारको समस्या नरहेको भेडापालक युवा छन्त्यालको भनाइ छ । यस क्षेत्रबाट वार्षिक करीब २०० भेडा विक्री हुने उनको भनाइ छ ।
म्याग्दी : म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट संचालन गर्न थालेपछि भेडापालनले पनि व्यवसायिक रुप लिँदै गएको हो।सिंगापुर र मलेशियाको करिब दुई दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर जन्मभूमिमा फर्किएका धवलागिरि गाउँपालिका ५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगाएतका युवाहरूले विदेशमा कमाएको र
जुम्लाको तिला गाउँपालिका २ मा रहेको सबै ८५ घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगिने गाउँ तलबाट हेर्दा सबै पहाडैपहाडजस्तो देखिन्छ । तर, त्यही...