इजरायल रोजगारीका लागि छनौट भएकाहरूलाई भिसाको प्रक्रिया थाल्न तीन वर्ष पासपोर्टको म्याद अनिवार्य

काठमाण्डौ – इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआइबीएले छनौट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त हुनेहरुको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार छनौट भएर रोजगारदाताबाट स्ट्याडर्ड इम्प्लोइमेन्ट कन्ट्रायाक्ट प्राप्त हुने उम्मेदवारहरूको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा पासपोर्टको म्याद अनिवार्य रूपमा तीन वर्षको हुनु पर्नेछ ।  इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बा...

सम्बन्धित सामग्री

फलफूलका बिरुवा वितरण

हुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रमले फलफूलका बिरुवा वितरण गरेको छ । तत्कालीन रोजगारीका साथै दिर्घकालीनरुपमा आम्दानीको श्रोत बनाउनका लागि कार्यक्रमले छनौट गरेका लक्षित वर्गकालाई स्याउ तथा ओखरका बिरुवा बितरण गरिएको हो ।

इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे

दोहा – रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन […]

इजरायलको रोजगारी सूचारु गर्न श्रम र परराष्ट्रको पहल

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्व कर्मचारीहरुको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी हुन नसकेपछि २ देशबीच छलफल भइरहेको छ । श्रम समस्याका कारण अन्तिम छनौट […]

इजरायलको रोजगारी पुन: सुरु गर्न पहल

काठमाडौं । रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली नेपाली सहयोगी कामदारहरूको भिषा जारी हुन नसकेपछि दुईदेशबीच छलफल भइरहेको छ । श्रम समस्याका […]

डेढ महिनाभित्र पाँच सय युवा इजरायल जाने

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये पाँच सय युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया अघि बढाएको छ । उनीहरु डेढ महिनाभित्र इजरायल जाने विभागको भनाइ छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि जनसंख्या तथा अध्यागमन निकाय (पिवा) द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनौट भएका १ […]

इजरायलको रोजगारीका लागि एक हजार ६०० जना सिफारिस

असोज १०, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार बीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ ।  वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तरवार्ताका आधारमा उनीहरुलाई छनौट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । अन्तरवार्तामा सहभागी भएका एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको संख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तरवार्ता र लिखित परीक्षा लिइएको थियो । लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जानकारी दिएको छ ।  विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकोमा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तरवार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जानकारी दिएको छ । रासस

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ २८ गते लिने भएको छ । छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ । विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एक जनालाई […] The post इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इजरायल रोजगारीमा जान श्रमिकले तिरेको पैसा सरकारी कोषमा जम्मा हुँदैन

इजरायल रोजगारीका सन्दर्भमा पछिल्लो समय विभिन्न कुराहरु आइरहेका छन् । जसमध्ये सरकारले नै धेरै रकम लियो भन्ने कुराहरु पनि विभिन्न मिडियामा उठाएको पाएका छौं । तर यहाँ बुझ्न पर्ने कुरा के छ भने इजरायल सरकारसँग भएको सम्झौतामै टिकट खर्च श्रमिकले नै तिर्नुपर्ने कुरा उल्लेख छ । यस बाहेक ७/८ वटा शीर्षकमा सहायक कामदार छनौट गर्दा कामदार स्वंले बेहोर्नुपर्ने खर्चका शीर्षक र अनुमानित रकम पनि सूचना पनि सार्वजनिक गरिएको छ । त्यसमा सरसर्ती हेर्दा त्यसमा केही शीर्षकहरुको बारेमा प्रष्ट पाराैँ । जस्तो, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्...