वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला) पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू झेल्नुपरेका धेरै घटनाहरू छन्,’ साउदी अरब स्थित ने