बदला लिन स्कुटरमा हतियार राखेर प्रहरीलाई खबर !

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई प्रहरीले असार १३ मा पेस्तोलसहित नियन्त्रणमा लियो । प्रदेश–३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउण्ड गोली सहित पेस्तोल भेटिएको थियो ।अनुसन्धान गर्दै जाँदा सो पेस्तोल श्यामकृष्णको नभएको र अरुले नै स्कुटरको डिकीमा राखेर फसाएको थाहा भएको छ । पेस्तोल राखेर फसाएको आरोपमा प्रहरीले ललितपुरको लुभु घर भएका ४३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षका अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ ।अनिल श्रेष्ठ ललितपुरस्

सम्बन्धित सामग्री

सरकारको मनपरी

राजस्व अनुसन्धान विभाग राजस्व प्रशासनलाई सुधार गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न स्थापना भएको हो । तर, विभागलाई मन नपरेकालाई बदला लिने राजनीतिक हतियार बनाइएको छ । आफूअनुकूलका पात्र भएमा आँखा चिम्लने र प्रतिकूल पात्र भए करछलीमा अनुसन्धान गर्ने गरेको पाइन्छ । त्यही भएर यसको महानिर्देशक छिटोछिटो फेरिने गरिएको छ ।  पछिल्लो २८ महीनामा विभागमा छ जना महानिर्देशक बनिसकेका छन् । यी निर्देशकले प्रधानमन्त्रीको इशारामा काम गर्ने गरेको पाइन्छ । चाँदीको तस्करी र विभागमा विचाराधीन केही ठूला घरानाको फाइलमा अनुसन्धान बढाएपछि देउवा सरकारले त्यसलाई रोकेको थियो । यस्तै घटना केपी ओली प्रधानमन्त्री हुँदा पनि भएको थियो । पुष्पकमल दाहालले पनि त्यस्तै गरिरहेका छन् । विभागको महानिर्देशक फेरिइरहनमा सरकारको स्वार्थ कारण रहेको पाइन्छ । राजनीतिक आशीर्वाद पाउने व्यक्ति मात्रै विभागको महानिर्देशक बनेको पाइन्छ ।  राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले आफूअनुकूल प्रयोग गर्ने संस्थाका रूपमा विकास गरेको छ । त्यसैले विभागको नेतृत्व आफूअनुकूल भयो भने मन नपरेका व्यापारीहरूलाई बदला लिने गरिएको छ र आफूलाई मन परेकालाई बचाउने पनि गरिएको छ । राजनीतिक नेतृत्वले आफूअनुकूलको मान्छे भएन भने यसरी इशारामा काम गराउन सक्दैनन् । त्यही भएर राजस्व विभागमा चाँडोचाँडो महानिर्देशक फेरिने गरेको हो । निर्वाचन जित्नका लागि पैसा चाहिन्छ । त्यसैले प्रधानमन्त्री वा मन्त्रीले पैसा आउने बाटोमा आफ्नो मान्छे लैजान्छन् । राजस्व विभाग सरकारको आम्दानी बढाउने ठाउँमात्र होइन, नेताहरूलाई खर्चको जोहो गर्ने ठाउँ पनि हो । आफूलाई नजराना चढाउने व्यापारीलाई अनदेखा गर्न लगाउने वा तिनमाथि अनुसन्धान गर्न नदिने गरी उनीहरूले पैसा कमाउने मेसो बनाएका हुन्छन् ।  वास्तवमा बढी पैसाको कारोबार हुन ठाउँमा पैसाको लेनदेन विना सरुवा हुँदैन भनिन्छ । मालदार ठाउँमा सरुवा हुन पैसा खुवाएको भनेर प्रहरीले भनेको पाइन्छ । ठमेल, बौद्धजस्ता कमाइ हुने चौकीमा सरुवा हुन करोडौंको लेनदेन हुन्छ भनिन्छ । त्यसैले भ्रष्टाचारको मूल स्रोत राजनीति नै हो । त्यहीँबाट फैलिन शुरू भएको भ्रष्टाचार विभिन्न तहमा पुग्ने हो । भ्रष्टाचार संस्थागत हुनुको कारण पनि यही हो । यो प्रवृत्ति रोक्न कसले पहल थाल्ने ?  विधान अधिकारी कलंकी, काठमाडौं ।

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट

‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानी पूर्वक चयन गरिएको बताएका छन् ।  युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ । देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब

कुटपिटकाे बदला लिन भुटानी शरणार्थी गुरुङको हत्या

कुटपिटकाे बदला लिनलाई दमकस्थित भुटानी शरणार्थी शिविरका लालबहादुर गुरुङको हत्या भएको खुलेको छ। बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली–५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो हतियार प्रयोग गरी गुरुङको...

पदावधि थपको अधिकार स्वार्थ अनुकूल प्रयोग गर्छन् प्रधानसेनापतिहरू

‘प्रधानसेनापतिले मनासिब आधार कारण खोली सेनाका अधिकृतहरूको पदावधि थप गर्न सरकार समक्ष सिफारिश गर्न सक्ने सैनिक ऐनमा प्रावधान छ । तर, यो प्रावधानलाई बदला लिने र आफू निकटलाई अगाडि बढाउने हतियार बनाइएको छ । लोकतान्त्रिक प्रणालीमा यस्तो हुनु ठीक होइन ।'

जब अनैतिक सम्बन्धमा दरार उत्पन्न भयो…

धनगढी । कैलालीमा विवाहेत्तर सम्बन्धमा आएको दरारका कारण एक महिलाले सुपारी दिएर पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार जयन्ती चौधरीलाई बिहीबार सार्वजनिक गरेको छ । शिवचरणको हत्याका लागि जयन्तीले दुई जनालाई सुपारी दिएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जना फरार छन्, जसको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार ३५ वर्षीय शिवचरण र ३७ वर्षीया जयन्तीबीच अवैध सम्बन्ध थियो । सोही सम्बन्ध बिग्रिएपछि जयन्तीले शिवचरणको हत्या गर्ने योजना बनाएकी थिइन् । फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट जयन्तीको योजनामा हत्या भएको बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो । त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए । त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ । त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए । उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो । एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताउनुभयो । शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ । शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा ...

मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भनेकै छैन : वामदेव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले भारतसँगको सीमा विवाद कुटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने बताएका छन्। सञ्चारमाध्यममा आएजस्तो आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको स्पष्ट पार्दै उपाध्यक्ष गौतमले सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको उल्लेख गरेका छन्। ‘मैले चीनसँग हतियार लिएर भारतसँग

दाजुको हत्याको बदला लिन भाइ बने पेस्तोल ब्यापारी !

५ साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका व्यक्तिहरुको साथबाट एउटा लोडेड …