‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानी पूर्वक चयन गरिएको बताएका छन् । युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ । देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब