‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’ (भिडिओ)

गुन्डा नाइके रिगल भनिने योग ढकालले राष्ट्रपतिबाट आममाफी पाएपछि रिगलबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती न्याय खोज्दै काठमाडौं आइपुगेकी हुन् ।

सम्बन्धित सामग्री

रोजगारी सृजना कि श्रम निर्यात ?

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले अदालतको आदेश कार्यान्वयनमा सही निर्णय गर्न नसक्दा भएको विरोधमा प्रहरी कारबाहीमा दुई जना युवाको ज्यान गयो । सरकारको व्यापक आलोचना भएपछि उसले शाखा प्रमुख र सुरक्षाकर्मीलाई कारबाही गर्‍यो, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने घोषणा पनि गर्‍यो तर यसले सरकारको कमजोरीलाई ढाकछोप गर्दैन न रोजगारी सृजना गर्न नसक्ने आरोपबाट सरकार बच्न नै सक्छ । स्वदेशमै रोजगारी सृजना गर्ने भन्ने नारा सधैं भट्याउने सरकारले न उल्लेख्य मात्रामा रोजगारी सृजना गर्न सकेको छ न त वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नै सकेको छ । सरकार आफैले कामदार पठाउँदाको विकृतिकै कारण शुक्रवार विरोध प्रदर्शन भएको हो र त्यसमा नेपाली युवाको ज्यान गएको हो ।  ईपीएस कोरिया शाखा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत नेपाली कामदार कोरिया पठाउने प्रक्रियालाई सहज बनाउन मन्त्रिस्तरीय सम्झौता (एमओयू) को निर्णयबाट ७ साउन २०६४ मा स्थापना भएको हो । कोरियामा काम खोज्नेहरूलाई समयमै कुशलतापूर्वक पारदर्शी र भरपर्दो तरीकाले सेवा प्रदान गर्न स्थापित यस शाखाको काम पटकपटक विवादमा आउने गरेको छ ।  शिप बिल्डिङमा परीक्षा दिएकालाई म्यानुफ्याक्चरिङ सेक्टरमा सहभागी गराउन उच्च अदालत पाटनले दिएको आदेशअनुसार १८ जनालाई मात्र उक्त अवसर दिएकोमा त्यसको विरोधमा भएको प्रदर्शनमा आवश्यकभन्दा बढी बल प्रयोग भएको देखिन्छ । जनताले विरोध प्रदर्शन गर्न पाउँछन् र त्यो कहिलेकाहीँ अराजक पनि हुन सक्छ । मन्त्रीको गाडीमा आगजनी गलत हो तर भीडको विवेक हुँदैन र तर्क पनि गर्दैन । यस्तोमा सरकारले भीडलाई विभिन्न किसिमले नियन्त्रणमा लिन सक्नुपर्छ । बल प्रयोग गर्नुपरे पनि ज्यादै कम प्रयोग गर्नुपर्छ । तर, शुक्रवारको प्रदर्शनमा त्यसो हुन सकेको देखिएन । प्रदर्शन अराजक देखिए पनि हिंसात्मक थिएन । यस्तो अवस्थामा निहत्था प्रदर्शनकारीमाथि अश्रुग्यास, पानीका फोहोरा र गोली चलाउनै परे प्लास्टिकका गोली चलाउनुपर्छ । नेपाल प्रहरीले यस्तै गर्ने गरेको पाइन्छ तर शुक्रवार यस्तो भएको पाइएन । सबैथोक फिर्ता हुन सक्छ तर कसैको ज्यान गएपछि फिर्ता हुन सक्दैन । त्यसैले ज्यानै जाने गरी हुने कारबाहीलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन । यसमा सरकारले माफी मागेर, सम्बद्ध अधिकारीलाई निलम्बन गरेर र क्षतिपूर्ति दिएर मात्रै पुग्दैन । यस्तो घटना कुनै पनि हालतमा नहोस् भन्नेमा सरकार जिम्मेवार हुनुपर्छ र प्रतिबद्धता व्यक्त गर्नुपर्छ । यस्तो घटनामा नैतिक जिम्मेवारी लिएर राजीनामा दिँदा सरकार गम्भीर छ भन्ने सन्देश जान्छ । तर, पछिल्लो समय जेजस्तो गल्ती गरे पनि क्षमायाचना पनि नगर्ने र राजीनामा पनि नदिने ज्यादै खराब आचरण प्रदर्शन हुन थालेको छ । लोकतन्त्रका लागि यो निकै खतराको सूचक पनि हो । लोकतन्त्रमा सरकारका हरेक क्रियाकलाप जनताले मूल्यांकन गरिरहेका हुन्छन् र जनताको अभिमतविरुद्ध जान कुनै पनि सरकारले हुँदैन र सक्दैन पनि । अहिले चुनावका बेलामा मात्रै जनता चाहिन्छ, अरू बेला ती अर्थहीन हुन् भन्ने सोचले राजनीतिक दल र नेता निर्देशित भएको पाइन्छ । यसैको परिणति राजनीति गैरजिम्मेवारहरूको हातमा पुगिरहेको छ भन्न सकिन्छ ।  सबैथोक फिर्ता हुन सक्छ तर कसैको ज्यान गएपछि फिर्ता हुन सक्दैन । त्यसैले ज्यानै जाने गरी हुने कारबाहीलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन । यसमा सरकारले माफी मागेर, सम्बद्ध अधिकारीलाई निलम्बन गरेर र क्षतिपूर्ति दिएर मात्रै पुग्दैन । यस्तो घटना कुनै पनि हालतमा नहोस् भन्नेमा सरकार जिम्मेवार हुनुपर्छ र प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यता छ । स्वदेशमा रोजगारी सृजना हुन उद्योग कलकारखाना धेरैभन्दा धेरै खोलिनुपर्छ । यसका लागि मुलुकमा औद्योगिक र लगानी वातावरण बनाउनुपर्छ । राज्य सञ्चालन गर्नेमा अर्थतन्त्र बुझ्ने क्षमता र दृष्टिकोण आवश्यक हुन्छ । नेपालमा अर्थतन्त्र बुझ्ने नेतृत्व देखिएन । हरेक समस्याका पछाडि अर्थतन्त्र नै हुन्छ । अर्थतन्त्रलाई बलियो नबनाई कुनै पनि समस्याको समाधान हुन सक्दैन । नेताहरूले अर्थतन्त्रका मुद्दा पन्छाएर जात, धर्म, राजनीतिक अधिकार आदिका कुरामात्र बोकेर हिँडेको पाइन्छ । यसबाट पाइने ताली र गाली नै राजनीति हो भन्ने बुझाइ नेतृत्व वर्गमा छ । अर्थतन्त्रको जग नै रोजगारीमा छ । रोजगारी नै गरीबीविरुद्धको बलियो हतियार हो । यही रोजगारीको विषय नेपालमा अमूर्त बहसको विषयमात्रै बनिरहेको छ ।  रोजगारी स्वदेशी होस् कि विदेशी, त्यसलाई व्यवस्थित गर्न आवश्यक छ । विदेशमा कस्तो जनशक्ति पठाउने भनेर सरकारले योजना बनाउनुपर्छ । स्वदेशमा कति जनशक्ति खपत हुन्छ र कतिलाई विदेश पठाउनुपर्छ भनेर सरकारले गहिरो अध्ययन नै गरेको छैन । कामदार पठाउन सरकारले विभागहरू खडा गरेको छ तर स्वदेशमा काम दिलाउने वातावरण बनाउन भने त्यस्तो विशेष संयन्त्र नै छैन ।  यस्तोमा निजीक्षेत्र अर्थात् म्यानपावर कम्पनीहरूले गरेको काममा भएका विकृति रोक्न बलियो र पर्याप्त नियमन आवश्यक हुन्छ । त्यसका लागि काम गर्नुको साटो नि:शुल्क भिसा र सरकारी कोटाको प्रलोभनमा सरकार आफैले कामदार छान्ने नीति लिँदा अहिलेको समस्या आएको देखिन्छ । सरकार–सरकारबीच सम्झौता भएर कामदार पठाउँदा उनीहरूको सुरक्षाचाहिँ पक्कै पनि राम्रो हुन्छ । तर, कोटा कम हुँदा त्यसले समस्या निम्त्याएको हो । अब यसलाई व्यवस्थित गर्न आवश्यक छ ।

सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ?

राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला । विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ । वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही […]

विशेष आर्थिक क्षेत्र र नेपाल

नेपालमा आर्थिक उदारीकरणको लहर आएपछि चालिएका विभिन्न कदममध्ये विशेष आर्थिक क्षेत्र एक प्रमुख आर्थिक उन्नतिको हतियार हो । तर, यसको प्रयोगबारे देशका नीति निर्माता, उद्योगपति, व्यापारी, पुँजी लगानीकर्ताहरूबीच राय बाझिएको पाइन्छ । सेजका पक्षधरहरू जुनसुकै हालतमा जहाँसुकै सेज सम्भव भएको र सेज आउनासाथ देशको वा त्यस स्थानविशेषका सबै आर्थिक समस्या समाधान भई कायाकल्प हुने देख्छन् […]

सरकारको मनपरी

राजस्व अनुसन्धान विभाग राजस्व प्रशासनलाई सुधार गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न स्थापना भएको हो । तर, विभागलाई मन नपरेकालाई बदला लिने राजनीतिक हतियार बनाइएको छ । आफूअनुकूलका पात्र भएमा आँखा चिम्लने र प्रतिकूल पात्र भए करछलीमा अनुसन्धान गर्ने गरेको पाइन्छ । त्यही भएर यसको महानिर्देशक छिटोछिटो फेरिने गरिएको छ ।  पछिल्लो २८ महीनामा विभागमा छ जना महानिर्देशक बनिसकेका छन् । यी निर्देशकले प्रधानमन्त्रीको इशारामा काम गर्ने गरेको पाइन्छ । चाँदीको तस्करी र विभागमा विचाराधीन केही ठूला घरानाको फाइलमा अनुसन्धान बढाएपछि देउवा सरकारले त्यसलाई रोकेको थियो । यस्तै घटना केपी ओली प्रधानमन्त्री हुँदा पनि भएको थियो । पुष्पकमल दाहालले पनि त्यस्तै गरिरहेका छन् । विभागको महानिर्देशक फेरिइरहनमा सरकारको स्वार्थ कारण रहेको पाइन्छ । राजनीतिक आशीर्वाद पाउने व्यक्ति मात्रै विभागको महानिर्देशक बनेको पाइन्छ ।  राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले आफूअनुकूल प्रयोग गर्ने संस्थाका रूपमा विकास गरेको छ । त्यसैले विभागको नेतृत्व आफूअनुकूल भयो भने मन नपरेका व्यापारीहरूलाई बदला लिने गरिएको छ र आफूलाई मन परेकालाई बचाउने पनि गरिएको छ । राजनीतिक नेतृत्वले आफूअनुकूलको मान्छे भएन भने यसरी इशारामा काम गराउन सक्दैनन् । त्यही भएर राजस्व विभागमा चाँडोचाँडो महानिर्देशक फेरिने गरेको हो । निर्वाचन जित्नका लागि पैसा चाहिन्छ । त्यसैले प्रधानमन्त्री वा मन्त्रीले पैसा आउने बाटोमा आफ्नो मान्छे लैजान्छन् । राजस्व विभाग सरकारको आम्दानी बढाउने ठाउँमात्र होइन, नेताहरूलाई खर्चको जोहो गर्ने ठाउँ पनि हो । आफूलाई नजराना चढाउने व्यापारीलाई अनदेखा गर्न लगाउने वा तिनमाथि अनुसन्धान गर्न नदिने गरी उनीहरूले पैसा कमाउने मेसो बनाएका हुन्छन् ।  वास्तवमा बढी पैसाको कारोबार हुन ठाउँमा पैसाको लेनदेन विना सरुवा हुँदैन भनिन्छ । मालदार ठाउँमा सरुवा हुन पैसा खुवाएको भनेर प्रहरीले भनेको पाइन्छ । ठमेल, बौद्धजस्ता कमाइ हुने चौकीमा सरुवा हुन करोडौंको लेनदेन हुन्छ भनिन्छ । त्यसैले भ्रष्टाचारको मूल स्रोत राजनीति नै हो । त्यहीँबाट फैलिन शुरू भएको भ्रष्टाचार विभिन्न तहमा पुग्ने हो । भ्रष्टाचार संस्थागत हुनुको कारण पनि यही हो । यो प्रवृत्ति रोक्न कसले पहल थाल्ने ?  विधान अधिकारी कलंकी, काठमाडौं ।

मतदान केन्द्र जाँदा के गर्ने के नगर्ने ?, मोबाइल लैजान पाइन्छ ?

काठमाडौं । मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने आयोगले जनाएको छ ।  “कुनै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै...

के रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ ?

रासायनिक यस्तो हतियार हो, जसमा मानव शरीरमा प्रतिकुल असर गर्ने विषाक्त एवं रासायनिक तत्व समावेश हुने गर्छ । रासायनिक हतियारको कयौँ श्रेणी हुन्छ । केही रासायनिक हतियार यस्ता हुन्छन् जसमा मानिसको स्वासमा असर पार्ने रासायनिक ग्यास जस्ता तत्व पाइन्छ । यसले मानिसको फोक्सो र स्वास नलीमा आक्रामण गर्छ, जसबाट मानिसको मृत्युसमेत हुने गर्छ ।केही रासायनिक हतियार जस्तै मस्टर्ड ग्यासले मानिसको छाला पोल्नेखालको हुन्छ ।  सबै भन्दा खतरनाक रासायनिक हतियार नर्भ एजेन्ट हुन्छन्, जसले मानिसको दिमाग र उसको शरीरबीच

नक्कली हतियार लिएर परेड खेल्दै पूर्वजनमुक्ति सेना

‘हामी कालिबहादुर खामहरू जस्तो मन्त्री खान पाइन्छ कि भनेर केपी शर्मा ओलीतर्फ जाँदैनौं,’ पूर्णले भने, ‘हिजोको लडाइँ प्रचण्डको कमाण्डरमा लडेका हौं, त्यसैले आज केपीसँग हामीले आफ्नो अधिकार माग्न मिल्दैन।’