नयाँ वर्षको अवसरमा बुद्ध एयरको काठमाडौं-सुर्खेत उडान, अधिकतम भाडा साढे १० हजार

९ चैत, काठमाडौं । बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख १) बाट काठमाडौं-सुर्खेत-काठमाडौं उडान सुरु गर्न लागिएको बुद्ध एयरले जनाएको छ । उडान सञ्चालनका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको …

सम्बन्धित सामग्री

पहिलो त्रैमासिकमा र्‍यान एयरको मुनाफामा करिब आधा गिरावट

कम हवाई भाडा मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ ।

दसैंका लागि हवाई टिकट ८० प्रतिशत बुकिङ, धनगढीको १७ हजार भाडा

दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो ।दसैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । &n

बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित

सुर्खेत । बुद्ध एयरको सिण्डिकेट र मनलाग्दी भाडादरप्रति कर्णालीका नागरिकले आक्रोश पोखेका छन् । काठमाडौंबाट सुर्खेतको एकतर्फी भाडा पाँच हजारबाट बढाएर १३ हजारसम्म बढाएपछि यहाँका यात्रुले आक्रोश पोखेका हुन् । गुण एयरले उडान बन्द गरेपछि एक मात्र उडान भर्दै आएको बुद्ध एयरले मनलाग्दी भाडा असुलेको हो । नेपाली कांग्रेसका प्रदेश कार्य समिति सदस्य गोविन्द कोइरालाले […]

दुर्गमको दुख : गरिबले उपचार पाउनै सास्ती

काभ्रे :  जिल्लाको विकट खानीखोला गाउँपालिका–४ बाँसघारीका ४० वर्षीय ग्यान्जामाया लोप्चनलाई उपचारका लागि काठमाडौँस्थित् ट्रमा सेन्टर ल्याउन ८० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर नै चार्टर गर्नुपरेको छ।भीरबाट खसेर सिकिस्त लोप्चनलाई उपचारको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएसँगै कच्ची सडकबाट तत्काल एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टरकै सहारा लिन बाध्यता भएको हो।बिहीबार घाँस काट्न जाने क्रममा भीरबाट खसेर बेहोस लोप्चनलाई परिवारले मनाङ एयरको हेलिकप्टरमार्फत उपचारको लागि अस्पताल ल्या

बुद्ध एयरको पोखरा–नेपालगञ्ज रूटमा सातामा ५ उडान

बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा सातामा ५ वटा उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरी सुरु गरिएकोमा २ वटा उडान थप गरिएको हो । यसअघि सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने गरी शुरुवात गरिएको थियो ।पोखरा–नेपालगञ्ज रुटको एकतर्फी भाडा ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।बुद्ध एयरले प्रादेशिक […]

तुम्लिङटारमा बुद्ध एयरको ७२ सिट जहाज, अब भाडा घटने : RajdhaniDaily.com

RajdhaniDaily.com |   संखुवासभा । संखुवासभाको तुम्लिङटारमा बुद्ध एयरले परिक्षण उडान गरेको छ । बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले काठमाण्डौं–तुम्लिङटार विमानस्थल -

थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर

करोनापछि सुस्ताएको अर्थतन्त्रलाई बुध्द एयरको उडानले थोरै भएपनि चलायमान भूमिका खेलेको छ । दैनिक १२० भन्दा बढी उडान र ६५०० भन्दा बढी यात्रुको आउजाउले स-साना होटलदेखि पर्यटकीय गाडीहरुले रोजगारी सिर्जना गरेको छ । बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु...

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा ढुवानी सेवा दिदैं आएको श्री एयरलाईन्सले २० रुपैंया प्रतिकेजी शुल्क बढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरलाईन्सले ढुवानी भाडा बढाएपछि विरोध स्वरुप खुम्बुका व्यवसायीहरुले श्री एयरबाट ढुवानी नगर्ने घोषण गरेका छन् । लुक्ला प्रतिकेजी ७० रुपैंया र स्याङबोचे प्रतिकेजी ९० रुपैंयाले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैंया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् ।