काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–४ बाँसघारीका ४० वर्षीय ग्यान्जामाया लोप्चनलाई उपचारका लागि काठमाडौँस्थित् ट्रमा सेन्टर ल्याउन ८० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर नै चार्टर गर्नुपरेको छ।भीरबाट खसेर सिकिस्त लोप्चनलाई उपचारको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएसँगै कच्ची सडकबाट तत्काल एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टरकै सहारा लिन बाध्यता भएको हो।बिहीबार घाँस काट्न जाने क्रममा भीरबाट खसेर बेहोस लोप्चनलाई परिवारले मनाङ एयरको हेलिकप्टरमार्फत उपचारको लागि अस्पताल ल्या