काठमाडौं : सरकारले कडाइका साथ बजार अनुगमन नगर्दा ठूला चाडपर्वको मुखमा चिनी अभाव हुन थालेको छ। चिनीको कालोबजारी हुन थालेपछि उपभोक्ता मारमा परेका छन्।बजारमा चिनीको मूल्य पनि आकासिएको छ। माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगरले अहिले बजारमा चिनी अभाव भएको बताए। उनका अनुसार केही हप्ताअघिदेखि चिनी पाउन समस्या भएको छ।‘कालीमाटी लगायत बजारमा चिनी लुकाउन खोजेका छन्। त्यही भएर अहिले अभाव छ’,उनले भने। उनका अनुसार अहिले चिनी प्रतिकेजी १२२ देखि १५० रुपैयाँँसम्म बि