बादल र विप्लवको फोटो राखेर परराष्ट्रमन्त्री ज्ञवालीले दिए वार्ता सफलताको शुभकामना

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (बुधबार) वार्ता हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार बिहान सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दको फोटो सामाजिक सञ्जालमा राखेर वार्ता सफलताको शुभकामना दिनुभएको छ । लामो समयदेखिका सहयात्री गृहमन्त्री थापा र विप्लव केही वर्षअघि मात्रै अलग भएका थिए । तत्कालिन एकीकृत नेकपा माओवादीबाट मोहन वैद्यको नेतृत्वमा थापा र विप्लवलगायतको समूह अलग भएको थियो । पछि विप्लवले छुट्टै भूमिगत समूह निर्माण गरी संघर्ष अगाडि बढाउनुभएको थियो भने थापाको समूह पनि वैद्यबाट अलग भएर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा समाहित भएको थियो। वार्ताको सफलताका लागि हार्दिक शुभकामना ! ( फोटो सौजन्य- नेपाल प्रेस) pic.twitter.com/qfTXMZDx2N — Pradeep Gyawali (@PradeepgyawaliK) March 3, 2021 नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाका सचिवालय सदस्य थापा हाल गृहमन्त्रीको जिम्मेवारीसँगै ओली नेतृत्वको नेकपाका नेता हुनुहुन्छ । विप्लव समूहसँग वार्ताको प्रयास गरेको सरकारले सरकारले मंगलबार गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको हो । लगत्तै विप्लव नेकपाले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेता दीपक रहेको वार्ता टोली गठन गरेको थियो । हिजो (मंगलबार) गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो । विप्लव नेकपाका एक नेताका अनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेतारकार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो । हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धयता सरकारले विप्लवका झण्डै दुई हजार कार्यकर्तालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

‘जनमत सङ्ग्रहबाहेक हामीले अरू तरिकाले सोचेका छैनौँ’

गत फागुनमा सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भयो । सोही सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण खुला राजनीतिमा आएको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव ‘विप्लव’को उपस्थितिमा दुवै पक्षको वार्ता टोलीका संयोजकहरू रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतीमा दुवै पक्ष देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, आफ्ना सबै राजनीतिक क्रियाकलाप

भारत र चीन भिड्ने मूडमा, उच्च भूभागमा दुवै पक्षको कठिन युद्धाभ्यास !

भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमाविवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । उल्टो एसियाका यी दुई विशाल राष्ट्रबीच युद्ध हुने सम्भावना बढेको छ ।  लद्दाखमा विवादित सीमाका विषयमा दुई देशका कोर्प्स कमान्डर तहमा १३ चरणको वार्ता भइसकेको छ । तर ती सबै विफल भएका छन् । पछिल्लोपटक अक्टोबर १० मा भएको वार्ता पनि सफल भएन किनकि पूर्वी लद्दाखको हट स्प्रिङ्सबाट दुवै पक्षका सैनिक पछि हटाउने विषयमा सहमति बन्न सकेन ।  यसैबीच चीनले भारतसँगको सीमाका अन्य क्षेत्रमा समेत दबाब बढाउँदै लगेको छ । भारतको उत्तराखण्डमा रहेको...

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

माइतीघर पुगेर गृहमन्त्रीले भने : रेशम चौधरीको रिहाइबारे वार्ता गरौं

१२ चैत, काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् । थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, […]

रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली बनाउने सरकारको तयारी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई भेटन बिहीबार पुग्नुभएका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गर्नुभयो । उहाँले आजैको मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पु¥याउने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले टिकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताउनुभयो । पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफैँ आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताउनुभयो । उहाँले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताउनुभयो । उहाँले थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताउनुभयो । थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

विप्लवसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको छ । सरकारले विप्लवसमूहसँग वार्ता गर्न मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो ।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो।

विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ ।  सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ । — Surya Thapa (@ThapajiSurya) March 2, 2021 सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो...

विप्लवसँग वार्ताका लागि सरकारले गर्‍यो वार्ताटोली गठन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवादका लागि वार्ता टोली गठन गरेको छ। गृह मन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईलाई वार्ताका लागि जिम्मेवारी दिइएको हो। भूमिगत रहँदै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै ओलीले वार्ता टोली गठन अगाडि बढाएका…