भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमाविवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । उल्टो एसियाका यी दुई विशाल राष्ट्रबीच युद्ध हुने सम्भावना बढेको छ ।
लद्दाखमा विवादित सीमाका विषयमा दुई देशका कोर्प्स कमान्डर तहमा १३ चरणको वार्ता भइसकेको छ । तर ती सबै विफल भएका छन् । पछिल्लोपटक अक्टोबर १० मा भएको वार्ता पनि सफल भएन किनकि पूर्वी लद्दाखको हट स्प्रिङ्सबाट दुवै पक्षका सैनिक पछि हटाउने विषयमा सहमति बन्न सकेन ।
यसैबीच चीनले भारतसँगको सीमाका अन्य क्षेत्रमा समेत दबाब बढाउँदै लगेको छ । भारतको उत्तराखण्डमा रहेको...