डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे छलफल

बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौडामा डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे आयोजना भएको हो ।  बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।  यस्तै कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला...

सम्बन्धित सामग्री

लम्पी स्किनले दुध उत्पादनमा कमी ! 'समस्या समाधान नभए फागुनबाट दुध अभाव हुने'

काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ । छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्पी स्किन रोगका कारण लाखौं पशुहरू संक्रमित भएको र ५० औं हजारको मृत्यु भएकोले किसानको नोक्सान भएको बताए । साथै यसले दुध उत्पादनमा कमी पनि आएको उनको भनाइ छ । तत्काल दुध अभावको समस्या नदेखिए पनि आउँदो सिजन फागुनबाट दुधको अभाव हुने उनले दाबी गरे । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दुध कम हुनुपर्नेमा दुध बढी भएर ‘मिल्क होलिडे’ हुने अवस्था आएको बताए । भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिँदा दुध उत्पादक किसान समस्यामा परेको उनको भनाइ छ । किसानलाई समस्या परेकाले तत्काल सीमा नाकामा कडाइ गरिनुपर्नेमा उनले जोड दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । राज्यले सहयोग नगरे थप विकराल समस्या आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।  बोर्डका निमित्त निर्देशक डा. सजिना ज्ञवालीले अहिले देखिएको समस्या हल गर्न छलफल आयोजना गरेको बताइन् ।  बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटाले छलफलमा दर्शाइएका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने बताए । अहिले किसानलाई दुध विक्री गर्न समस्या भएको र विक्री भएका उद्योगबाट पनि समयमै भुक्तानी नपाएको उनको भनाइ छ । उनले किसानलाई समयमै दुधको भुक्तानी गर्न उद्योगलाई आग्रह गरे ।

एकीकृत योजना बनाएर अघि बढ्न मुख्यमन्त्री जम्कट्टेलेको निर्देशन

बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेश स्तरीय सुरक्षा समितिको बैठक बसेको छ।  प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतित्थ्यतामा बसेको बैठकले प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतिका विषयमा छलफल गरेको छ। बैठकमा मुख्यमन्त्री...

बागमती प्रदेशसभा : बजेट पुनर्लेखन गर्न एमालेको माग

बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको औचित्य नभएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावलाई समावेश गरी समग्र प्रदेशको अवस्था मध्यनजर गरेर बजेट पुनर्लेखन गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विषयगत मन्त्रालयका शीर्षकहरु माथि छलफल गर्न बसेको आज

एनएमबि बैंक–हातेकागज संघ छलफल

काठमाडौं (अस) । नेपाल हातेकागज संघले ठमेलस्थित एनएमबि बैंक शाखासँगको सहकार्यमा छलफल आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष किरणकुमार डंगोलले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । हस्तकलाका विविध वस्तुमध्ये हातेकागज उत्पादनमा स्थानीय कच्चापदार्थ र श्रम तथा सीपको करिब ९० प्रतिशत उपयोग हुने गरेको उनले जानकारी दिए । सरकारको मेड इन नेपाल र मेक इन नेपाल नारालाई कार्यान्वयनमा हातेकागज उद्यमीलाई राज्यको सहयोग हुनुपर्ने आवश्यकता उनले औंल्याए । यसमा उद्योग परिसंघले विभिन्न कार्यक्रम तय गर्दै आएको र यसमा संघलाई सहभागी गराएको उनको भनाइ छ । एन एम बी बैँकले खासगरी कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको सन्दर्भमा बैँकका विभिन्न सेवाहरुबाट संघमा आबद्ध सदस्यहरुले लाभ लिनसक्ने भएकाले नेपाली हाते कागजका व्यवसायी र बैँकबीच समन्वय गराउन छलफल कार्यक्रमको आयोजना गरिएको कुरा स्पष्ट पारे । उनले उक्त कार्यक्रम दुबै सरोकारवालाका लागि लाभदायक हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा एनएमबि बैंकको वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडका कारण शिथिल भएका उद्यमी र व्यवसायीलाई सहज सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई गति दिन सक्रिय हुँदै आएको जानकारी दिए । संघमा आबद्ध सदस्यलाई बैंकले कुन–कुन सेवा–सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेका बेला आर्थिक रूपमा कसरी सबलीकरण गर्न सहयोग पु¥याउन सकिन्छ भनेरै यो छलफल आयोजना गरिएको उनको भनाइ छ । बैंकको ठमेल शाखाका व्यवसाय विकास म्यानेजर रुचि श्रेष्ठले बैंकको हालको अवस्था र रिलेसनसिप म्यानेजर दीपक बस्नेतले बैंकले उपलब्ध गराउँदै आएको उत्पादनकर्ता तथा निर्यातकर्ताका लागि उपयोगी आर्थिक सेवा–सुविधाबारे जानकारी दिएका थिए । कार्यक्रममा बागमती प्रदेश हस्तकला संघका सचिवलगायत ५ जनालाई उपहार प्रदान गरिएको थियो । संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले हातेकागज व्यवसायलाई बचाउन सबै व्यवसायीको पहल आवश्यक रहेकामा जोड दिए ।

प्रेस स्वतन्त्रताको प्रबन्ध गर्न महासंघको आग्रह

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । शुक्रबार र शनिबार नुवाकोटको बिदुरमा बसेको महासंघ प्रदेश समितिको दोस्रो पूर्ण बैठकका प्रदेशका आमसञ्चार माध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल भएको थियो […]

नयाँ बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था छैन : पाण्डे

बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेक

अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सबै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएा छन्। आइतबार साँझ प्रदेशको १३ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग छलफल गर्दै मुख्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्। उनले प्रदेशको १३ वटै जिल्लामा कोरोना संक्रमितको अवस्था, उनीहरुको उपचार र कोरोना नियन्त्रणको लागि भइरहेको पहलको बारेमा छलफलमा जानकारी लिएका थिए। त्यसक्रममा मुख्यमन्त्री पौडेलले अक्सिजन प्लान्ट जडानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न ...

बागमती प्रदेशमा उच्च सतर्कता

हेटौँडा : चीनको हुवेइ प्रान्तबाट सुरु भएको नोवल कोरोना भाइरसप्रति बागमती प्रदेश सरकारले उच्च सतर्कता अपनाउने भएको छ। बिहीबार बागमती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी हेटौँडामा पत्रकारहरूसँग छलफल गर्दै प्रदेश सरकारले कोरोना भाइरसप्रतिको अवस्था, तयारी तथा सजगता र योजनाबारे जानकारी दिएको हो। दुईवटा समिति ग...