झापामा प्रदर्शनकारीद्वारा प्रदेशमन्त्रीको गाडिलाई अवरोध

झापा – झापामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रेका विद्यार्थीले झापामा एक प्रदेशमन्त्रीको गाडीलाई अवरोध गरेका छन्। प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका हुन्। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग […]

सम्बन्धित सामग्री

बैंकरले भने : ऋण नतिर्ने बाहनामा वित्तीय संस्थामाथि आक्रमण गर्नेलाई कारवाही गर

११ असार, काठमाडौं । लिएको ऋण नतिर्ने बाहनामा वित्तीय संस्थामाथि आक्रमण भइरहेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चार वटा संस्थाले बताएका छन् । पूर्वी नेपालको इटहरी, सुनसरी, झापामा रहेका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका शाखाहरू सञ्चालनमा केही व्यक्तिहरूले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गराएको भन्दै यी संस्थाले निन्दा गरेका […]

कालाे झन्डा देखाउँदै पहिचानवादीद्वारा ओली सहभागी कार्यक्रममा अवरोध

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीले गृहजिल्ला झापामा अवरोध गरेका छन्। झापा हुँदै इलाम जाने क्रममा ओलीलाई बुद्धशान्तिमा पहिचानपक्षधरले अवरोध गरेका हुन्।  उनीहरुले बुद्धशान्तिमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेर नाराबाजी गरेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध झापामा चक्काजाम

झापा : नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेको छ।पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा बहुमत झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर-६ स्थित पालिया पुलमा एक घण्टा चक्काजाम गरेका हुन्। प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले टायर बालेर सडक अवरोध गर्दा राजमार्गमा चल्ने यातायातका सवारीसाधन जाममा परेका थिए ।यसअघि नेकपा बहुमतको

नेपाली चिया निकासीमा अवरोध

झापा-नेपाली चियाको तेस्रो मुुलुक निकासीमा भारतले पटकपटक अवरोध खडा गर्ने गरेको गुनासो निर्यातकर्ताहरूले गरेका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार झापामा आयोजना गरेको ‘नेपाली चिया उत्पादन, प्रवद्र्धन र निकासीका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली निर्यातकर्ताहरूले भारतीय भन्सार प्रशासनले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको बताएका हुन् ।विश्व व्यापार संगठन, नेपाल भारत व्यापार […]

संसद अवरोध जायज छ, जारी रहन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले  सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’,

झापामा फेरि निषेधाज्ञा जारी, नाकामा थप कडाइ

साउन १७, झापा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आइतवारदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिवार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० ओटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए । निषेधाज्ञाबमोजिम आइतवारदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ ।  काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए । निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ । निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए । छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ । बजार, सिनेमा हल, पार्टीप्यालेस, स्वीमिङ पुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, ब्यूटीपार्लर, पुस्तकालय आदि बन्द गरिने निषेधाज्ञामा भनिएको छ । जिल्लामा कोडिभ–१९ को संक्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ  । हाल आइसोशनमा दुई हजार ४१३ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो । रासस

आगामी आवको संघीय बजेट : प्रधानमन्त्रीको गृह जिल्लामा धेरै विनियोजन

विराटनगर । प्रधानमन्त्रीको गृह जिल्ला झापामा यसपटक पनि मोरङ र सुनसरीको भन्दा बढी बजेट पारिएको छ । झापालाई बजेटको प्राथमिकतामा पारिएको तर छिमेकी जिल्लामा कम बजेट परेपछि स्थानीय नेता आक्रोशित बनेका छन् । नहर निर्माण, नदी कटान रोक्ने, औद्योगिक पार्क सम्पन्न गर्ने, बहुतले बसपार्कसहित सिटी महल र रंगशाला निर्माण संघीय बजेटको प्राथमिकतामा परेका छन् । प्रदेशकै अन्य जिल्लामा निर्माणाधीन योजना सम्पन्न गर्न बजेट विनियोजन नभएको अवस्थामा झापामा नयाँ योजना समेत थपिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट थुपारेर सुनसरी र मोरङलाई उपेक्षा गरेको आरोप लगाए । गतवर्षदेखि नै प्रधानमन्त्री बढी झापा केन्द्रित भएको आरोप भन्दै उनले सुनसरी र मोरङको सिँचाइमा नयाँ बजेट थप नभएको बताए । बहुतले पार्किङ र शपिङ टावर निर्माण प्रदेशको राजधानीमा हुनुपर्नेमा प्रधानमन्त्रीले मतदाता प्रभाव पार्न दमकमा निर्माण गर्नेगरी बजेट पारेको आरोप उनको छ । प्रदेश १ का लागि संघीय सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा सडक, विमानस्थल र कृषि र उद्योगका लागि विशेष प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र सञ्चारमा अन्य प्रदेशसरह बजेट विनियोजन गरे पनि निर्माणाधीन सडक, विमानस्थल र रेलमार्ग निर्माणमा प्रदेश १ लाई प्राथमिकतामा राखेको हो । निर्माणाधीन गौरवका आयोजना धेरै र अपूर्ण रहेकाले तिनको निरन्तरताले यो वर्ष पनि प्राथमिकता पाएको छ । आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको सुधार पनि प्राथमिकतामा परेको छ । बजेटमा आन्तरिक विमानस्थल निर्माण तथा उस्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरिएको हो । सरकारले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम आङ्छिरिङ विमानस्थल राख्ने र सुधार गर्ने घोषणा गरेको छ । यस्तै पूर्व–पश्चिम राजमार्ग विस्तार, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्गजस्ता पूर्वाधारमा बजेट प्राथमिकता दिइएको छ । प्रदेश १ मा पूर्वाधार क्षेत्रका निम्ति १ खर्ब ६३ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेश १ का मुख्य शहरहरूमा पार्क निर्माणलाई पनि  बजेटको प्राथमिकतामा राखिएको छ । प्रधानमन्त्रीको गृहनगर झापाको दमकमा बालबालिकाको शिक्षा विकासका लागि चिल्ड्रेन प्याराडाइज निर्माण, मोरङमा सरकारीस्तरको बालसुधार गृह स्थापनाका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्रदेश १ का तराईका जिल्लामा नहर निर्माण र नदीकटान रोक्न बजेट छुट्ट्याइएको छ । झापाको दमकमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । झापाको दमकमा अन्तरराष्ट्रिय मदन भण्डारी रंगशाला निर्माण २ वर्षमा सक्नेगरी बजेट योजनामा समेटेको सरकारले मोरङको वैजनाथपुर क्रिकेट मैदानलाई पनि यो वर्ष प्राथमिकता दिएको छ । लोपोन्मुख समुदायका लागि ताप्लेजुङमा आवासीय विद्यालय निर्माण, पाथीभराको गुरुयोजना निर्माण गरी विकास र खानेपानीको व्यवस्था गर्ने योजनाका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । ताप्लेजुङमा जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण, सुकेटार विमानस्थलको विस्तार, ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थल सञ्चालन योजना बजेटमा परेका छन् । इलाममा अलैंचीको व्यापारका लागि कृषि बजार निर्माण, वायु गुणस्तर मापन केन्द्र स्थापना र माइपोखरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सरकारले योजना बनाएको छ । पाँचथरको आङ्नामैवा र खोटाङको हलेसीमा खानेपानी विस्तारको योजनालाई बजेटले सम्बोधन गरेको छ । पाँचथर र भोजपुरमा रेडियोको ट्रान्समिटर थप गरी विस्तार गर्ने योजना छन् । भोजपुरमा व्यावसायिक कागतीखेती विस्तार, कोशी नदीको चतारादेखि भोजपुरसम्म जलयातायातमा देखिएको अवरोध हटाउने  विषय बजेटले सम्बोधन गरेको छ । भोजपुरलाई कृषि र फलफूल उत्पादनमा बजेट दिन प्राथमिकतामा राखेको सरकारले धनकुटा, संखुवासभा, खोटाङ र उदयपुरलाई नगदेबाली उत्पादन योजनाका लागि बजेट छुट्ट्याएको छ ।

झापाबाट दुई दर्जन बन्दकर्ता पक्राउ

प्रदेशको नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन् ।