झापा : नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेको छ।पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा बहुमत झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर-६ स्थित पालिया पुलमा एक घण्टा चक्काजाम गरेका हुन्। प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले टायर बालेर सडक अवरोध गर्दा राजमार्गमा चल्ने यातायातका सवारीसाधन जाममा परेका थिए ।यसअघि नेकपा बहुमतको