चीनको हैनानमा बोआओ फोरम शुरु: प्रधानमन्त्री ओली छुटेपछि नेपालको सहभागिता शून्य :: Pahilopost.com

काठमाडौं: भारतको राजकीय भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै छन्। स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री चीन जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको थियो।  तर, प्रधानमन्त्री ओली चीन नजाने भएका छन्। नेपाललाई चीनको हैनानमा आयोजना हुने एसियाका लागि बोआओ फोरम (बोआओ फोरम फर एसिया)का लागि निम्तो आए पनि अन्तिम समयसम्म आइपुग्दा नेपालले

सम्बन्धित सामग्री

बोआओ फोरममा नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सहभागी हुने

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले नेपालका तर्फबाट बोआओ फोरम फर एसियामा सहभागिता जनाउने भएका छन् । मंगलबारदेखि चीनको हाइनान प्रान्तमा ‘एसिया र विश्व : संयुक्त चुनौती र साझा कर्तव्य’ नारा दिएर सुरू भएको बोआओ फोरम ४ दिनसम्म चल्नेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार १३ देखि १६ चैतसम्म चल्ने […]

परराष्ट्रमन्त्री बेइजिङ जाने, बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर होला ?

७ चैत, काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ भ्रमणमा जाने तय भएको छ । चीनको हाइनान् प्रान्तमा १३ चैतदेखि बोआओ फोरम आयोजना हुँदैछ, जहाँ नेपालबाट को सहभागी हुने भन्ने टुंगिएको छैन । तर, त्यही बेला चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री श्रेष्ठको बेइजिङ जाने तय भएको हो । चीनको हाइनानमा हरेक वर्ष […]

बोआओ सम्मेलनमा यो वर्ष नेपाल सहभागी हुने

चीनले यसपटक १३ देखि १६ चैतसम्म आयोजना गर्ने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा नेपालले पनि सहभागिता जनाउने भएको छ । प्रधानमन्त्रीले बुधबार संसद्मा विश्वासको मत लिएपछि नेपालबाट पठाउने प्रतिनिधिमण्डल तय...

के चीन हेर्ने अमेरिकी दृष्टिबाट मुक्त हुन खोज्दैछ युरोपियन युनियन?

सांघाई : पछिल्ला दुई साता चीनले युरोपियन युनियन (इयू)का नेताहरूलाई स्वागत गर्‍यो। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई गत साता बेइजिङमा स्वागत गरेको चीनले त्यसको अघिल्लो साता मात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई राजकीय पाहुनाका रूपमा स्वागत गरेको थियो। स्पेनका प्रधानमन्त्री सान्चेजले चीनको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा…

बोआओ फोरम, दोस्रो लोकतान्त्रिक शिखर सम्मेलन र नेपाल

चीन र अमेरिकाबीच बढ्दो टकरावले विभिन्न ढाँचामा द्वन्द्वको आकार लिइरहेको छ । हालसालै, मार्च २८ देखि ३१ मा बोआओ फोरम र मार्च २८ देखि ३० सम्म लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनको नाममा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । जसको नेतृत्व क्रमशः चीन र अमेरिकाले गरेका थिए । बोआओ फोरमको एजेण्डा “एक अनिश्चित विश्वः चुनौतीहरूको […]

चीनमा  चार दिने बोआओ फोरम सुरुः निम्तो पाउँदा पनि गएनन् प्रधानमन्त्री प्रचण्ड

प्राध्यापक सुविनले दूतावासको कार्यक्रममा भनेका थिए, ‘हामीलाई जानकारी छ कि नेपाललाई चीनले आधिकारिक निमन्त्रणा पठाए पनि नेपालका प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसियामा सहभागिता जनाइरहेका छैनन् । त्यसको पछाडि भूराजनीतिक कारण जोडिएको छ ।’

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले महामारीबाट सिकेको महत्त्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याइन् । राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको […]

बोआओ फोरमको २० वर्ष : पहिलो सम्मेलनमा राजा वीरेन्द्र, २० औंमा राजदूतमै खुम्चियो

काठमाडौं : हरेक वर्ष चीनको हैनान प्रान्तको बोआओमा आयोजना हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन आज बुधवार सम्पन्न हुँदैछ। अप्रिल १८ देखि २१ सम्म आयोजना हुने सम्मेलनमा चिनियाँ राष्ट्रपतिले भिडियो मार्फत् विशेष सम्बोधन गरे। सम्बोधनका क्रममा उनले भने, 'वास्तविक मित्रताले जनताहरुले नजिक ल्याउँछ चाहे उनीहरु टाढा नै किन नहुन्।'…

बोआओ फोरम सुरु : चीनकै प्राथमिकता किन कम?

काठमाडौँ । चीनको एक अन्तर्राष्ट्रिय मञ्च बोआओ फोरम सम्मेलन आजदेखि चीनमा सुरु भएको छ । यस सम्मेलनमा कम्तीमा पनि ३० हजार स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।   तर यस वर्षको ...