कोभिडले आर्थिक संकटमा दुग्ध विकास संस्थान, थुप्रियो एक अर्ब रुपैयाँको पाउडर दूध

काठमाडौं। कोभिडले उत्पादित वस्तु बिक्री नभएर समस्या ब्योहोरेको दुग्ध विकास संस्थान(डीडीसी)लाई एक अर्ब रुपैयाँ बराबरको पाउडर दूधले आर्थिक संकटमा

सम्बन्धित सामग्री

दूध र तरकारीमा पिल्सिएका किसान–उपभोक्ता

किसानको आन्दोलनले दुग्ध विकास संस्थान (डीडीसी) को आन्तरिक भ्रष्टाचार छताछुल्ल भएको छ । ६५ रुपैयाँ लिटरमा किनेर ९८ रुपैयाँ लिटरमा दूध बेच्दै गर्दा कसरी संस्थान घाटामा गयो ? संस्थानका कर्मचारीको लोभले आज संस्थान धराशायी मात्र नभएर किसानको समेत उठीबास हुँदै छ । अघिल्लो आर्थिक वर्षमा सरकारसँग ३० करोड ऋण लिएको संस्थानले त्यही रकमबाट आफ्ना कर्मचारीको तलब बाँडेको देखिन्छ । के उनीहरूको तलब, सेवासुविधा, भत्ताका लागि किसानले आफ्नो दूधको मूल्य छोडिदिनुपर्ने ?

डेरी चिनी उद्योगको बाटोमा जाने चिन्ता

धूलो दूध र बटर विक्री नभएको भन्दै डेरी उद्योगले किसानलाई दिनुपर्ने ५ अर्ब रुपैयाँ भुक्तानी दिएका छैनन् । करीब साढे ९ अर्ब धूलो दूध र बटर विक्री नभएपछि भुक्तानी दिन नसकिएको भन्ने डेरी उद्योगको भनाइ छ तर किसानको भुक्तानी रोक्दा उनीहरू उखु किसानजस्तै समस्यामा परी गाईभैंसी पाल्न छाडिदिए पनि चिनी उद्योगकै जस्तो अवस्था आउन पनि सक्छ । अहिले दूध सहजै विक्री भएकाले किसानहरू उन्नत जातका गाईभैंसी पाल्न लागिपरेका छन् । तर, भुक्तानी नपाएपछि किसानहरूलाई गाईभैंसीलाई दाना खुवाउन पनि समस्या पर्न सक्छ जसले गर्दा किसानहरू अन्यत्र मोडिन सक्छन् । नेपालमा दैनिक ७० लाख दूध उत्पादन हुने र त्यसमध्ये दैनिक ३१ लाख लिटर दूध बजारमा जाने गरेको छ । विक्री हुने दूधमध्ये ३० प्रतिशत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले लिने गरेको छ । अहिले उसले २ अर्ब रूपैयाँ किसानलाई दिन बाँकी देखिन्छ । बाँकी ३ अर्ब रुपैयाँ निजीक्षेत्रका डेरीले किसानलाई भुक्तान गर्न बाँकी रहेको देखिन्छ ।  नेपालमा कृषिको बजार निकै चुनौतीपूर्ण छ । उत्पादन, माग र आपूर्तिमा अनिश्चितता भएकाले कहिले तरकारी नबिकेर बारीमै कुहिने अवस्था आउँछ भने कहिले दूध नबिकेर किसानले सडकमा फाली विरोध गर्नुपर्ने अवस्था आउँछ । तरकारी जस्तै दूध पनि छिटो बिग्रने वस्तु भएकाले यसलाई धूलो दूध बनाएर बटर बनाएर, पनीर, घ्यू आदि बनाएर बिस्तारै बेच्न सकिन्छ । यी वस्तु विदेशमा पनि विक्री गर्न सकिन्छ । बंगलादेशमा विक्री गर्नका लागि दुग्ध व्यवसायीहरूले पहल गरे पनि परिणाम आएको छैन । भारत पनि नजिकको बजार हुन सक्छ । तर, उत्पादन र गुणस्तरको सुनिश्चितता नहुँदा ती ठाउँका बजार त्यति सहज छैन । नेपालको धूलो दूध विक्री भइरहेको छैन भने यस्तो दूधको आयात भने भइरहेको छ । त्यस्तै नेपालले कन्डेन्स्ड दूध बनाउन पनि आवश्यक छ जसका लागि हालसम्म प्रयास भएको छैन । बजार अर्थशास्त्रलाई मान्दा माग र आपूर्तिले मूल्य निर्धारण गरेको हुन्छ । तर, अहिले दूध विक्री भएन भनेर रोइलो गरिरहँदा दूधको मूल्य बढाउन किसान र डेरी उद्योगले गरेको मागलाई बिर्सन पनि मिल्दैन । आर्थिक संकटका कारण दूधको माग घटेको भन्ने डेरी उद्योगीको भनाइ छ । त्यसो हो भने अहिले दूधको मूल्य बढाउन किन परेको हो ? दूध बढी उत्पादन हुने समयमा यसको मूल्य केही कम गर्दा उपभोग बढ्न सक्छ । मूल्य बढेकै कारण दूधको उपभोग घटाउने परिवार पनि नभएका होइनन् । त्यसैले विक्री भएन भनेर भनिरहँदा मूल्यको यो पक्षमा पनि ध्यान जानु आवश्यक छ । दूधमा सिजन र अफसिजनको दुईथरी मूल्य तय गर्न पनि नसकिने होइन । मूल्य घटेपछि खपत पक्कै बढ्छ ।  निजीक्षेत्रका डेरीले किसानलाई भुक्तानी दिन नसक्नुमा विक्री भएन भन्ने तर्कले काम गर्छ तर सरकारी स्वामित्वको डीडीसीले भुक्तानी दिन किन नसकेको ? डीडीसीमा बजेट अभाव पक्कै होइन होला । सबैभन्दा ठूलो खरीदकर्ता र विक्रीकर्ता भएका नाताले उसले मात्रै किसानलाई दूधको भुक्तानी दिने हो भने यो समस्या केही कम हुन सक्छ । त्यसतर्फ पनि सरकारको ध्यान जानु आवश्यक छ । अर्को, उत्पादनमा विविधीकरण गर्नु पनि आवश्यक छ । दूधबाट बन्ने विभिन्न परिकार बनाउँदा त्यसले बजार पाउन सक्छ । मिठाई बन्न सक्छ । सुख्खा परिकार पनि बन्न सक्छ । तर, डेरी उद्योगले यसतर्फ निकै कम काम गरेका छन् ।  एकातिर पर्याप्त उत्पादन भएकाले विदेशी दूध र त्यसका परिकार आयात गर्न दिनु हुन्न भन्ने भनाइ पाइन्छ भने अर्कोतर्फ डेरी उद्योगमा विदेशी लगानी रोक्नुपर्छ भन्ने आवाज पाइन्छ । विदेशी डेरी उद्योग आए भने तिनले यहाँ गाईभैंसी पाल्ने होइन, किसानसँग दूध किनेर त्यससँग सम्बन्धित उत्पादन विक्री गर्ने हो । त्यसैले विदेशी कम्पनीलाई केही शर्तसहित नेपालमा आउन दिन सकिन्छ । दूध नै आयात गरेर बजारमा विक्री गर्न दिन भने हुँदैन । विगतमा डेरीहरूले मिल्क होलिडे भनी दूध खरीद नगर्ने गरेका थिए । अहिले भने भुक्तानी दिन गाह्रो मानेका छन् । यो बजारको वास्तविक समस्या के हो त्यसको अध्ययन नै गर्नु पनि जरूरी देखिएको छ । बजारको अध्ययन गरेर समस्या कहाँनेर छ त्यसको समाधान गर्न सम्बद्ध सबै पक्ष सक्रिय हुनुपर्ने देखिन्छ । दूध विक्रीमा अहिले देखिएको समस्यामा सरकार गम्भीर नहुने हो भने उखु खेती जसरी धराशयी भयो त्यसरी नै किसानले दूध उत्पादन गर्न छाड्छन् । त्यो अवस्था आउनु भनेको देशमा थप समस्या सृजना हुनु हो ।

डेरी उद्योगीले रोके किसानको ५ अर्ब भुक्तानी

काठमाडौं डेरी उद्योगीले दूध उत्पादक किसानको ५ अर्ब रुपैयाँ भुक्तानी रोकेका छन् । करीब साढे ९ अर्ब रुपैयाँ बराबरको धूलो दूध र बटर विक्री नभएको बहाना बनाउँदै उद्योगीले किसानलाई भुक्तानी दिनुपर्ने रकम रोकेका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले निजी डेरीसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट किसानले ५ अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए । डीडीसीले मात्रै करीब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । बाँकी ३ अर्ब रुपैयाँ निजीक्षेत्रका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशन अन्तर्गतका डेरीहरूले भुक्तानी गर्नुपर्ने रकम हो । बजारमा आउने कुल दूधको ३० प्रतिशत डीडीसीले बाँकी निजी डेरीले किन्छन् । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दैनिक रूपमा बजारमा आउँछ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजारमा दूधको खपत घट्दा डेरी उद्योगीले आफूहरूसँग ९ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताउँदै किसानलाई दिनुपर्ने भुक्तानी रोकेको चौधरीले बताए ।  बोर्डले संकलन गरेको तथ्यांकअनुसार डीडीसीसँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात छ । ‘किसानले पाउनुपर्ने रकम रोकिनु राम्रो होइन । जतिसक्दो चाँडो किसानलाई रकम भुक्तानी दिन हामीले पहल गरिरहेका छौं,’ डा. चौधरीले आर्थिक अभियान दैनिकसँग भने ।  सामान्यतया भदौको अन्तिम साताबाट फागुनसम्मै दूध उत्पादन बढ्ने सिजन हो । तर, उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातवरणमा देखिएको उतारचढावका कारण यस वर्ष दूध उत्पादन बढेको बोर्डले बताएको छ । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले पनि निजी डेरीहरूले करीब ३ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको स्वीकार गरे । पाउडर प्लान्टमा उत्पादन भएको धूलो दूध र बटर विक्री नभएपछि भुक्तानी दिन नसकिएको उनले बताए । उनका अनुसार गतवर्षदेखिकै पाउडर दूध लामो समयसम्म बजारमा जान सकेको छैन, पूँजी स्टक भएर बस्दा डेरी उद्योगलाई चल्नै गाह्रो भएको छ । त्यसको सीधा असर किसान र किसानको भुक्तानीमा पर्न गई समयमा रकम चुक्ता गर्न अप्ठ्यारो अवस्था सृजना भएको उनले बताए । बजारमा दूधको खपत घटेको भन्दै निजी डेरीहरूले यतिबेला दूध खरीद करीब १५ प्रतिशतले घटाएको केन्द्रीय दुग्ध सहकारी महासंघका महासचिव रामप्रसाद आचार्यले बताए । ‘डेरी उद्योगीले नियमित दूध खरीद घटाउँदा हामीले किसानसँग दूध किन्न सकेका छैनौं । उद्योगीका कारण अघोषित मिल्क होलिडेको अवस्था आएको छ । डेरीहरूले उपभोक्तालाई दूध र अन्य दुग्धपदार्थ नगदमा बेच्छन्, तर किसानको पैसा समयमा दिन मान्दैनन् । एकदेखि ३ महीनासम्मको भुक्तानी नपाउँदा किसानहरूमा रुवाबासी छ । दूध बेचेको पैसा नपाउँदा गाईभैंसीलाई दाना खुवाउनसम्म मुश्किल पर्ने अवस्था आइसक्यो,’ महासचिव आचार्यले भने ।

९ अर्ब ४१ करोडको दुग्ध पदार्थ मौज्दात

काठमाडौं । खपत घटेपछि दुग्ध पदार्थको मौज्दात झन् झन् बढेको छ । महीना दिनमै करीब साढे ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थपिएर कुल मौज्दात ९ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार महीना दिन अघिसम्म ६ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो ।  आर्थिक मन्दीका कारण दूधको खपत घट्नुका साथै उत्पादन पनि बढेकाले मौज्दात थपिँदै गएको हो । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको जानकारी दिए । एक महीनामै थपियो साढे ३ अर्ब रुपैयाँ बराबरको दुग्ध पदार्थ  उनका अनुसार सामान्यतया भदौ अन्त्यतिरबाट फागुनसम्म दूध उत्पादन बढ्ने सिजन हो । तर, यसवर्ष वैशाखदेखि नै उत्पादन बढेको थियो । यसले धूलो दूध र बटरको मौज्दात बढाएको देखिन्छ । पछिल्लो समय उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातावरणमा देखिएको उतारचढावका कारण समयअगावै दूध उत्पादन बढ्ने सिजन शुरू  भएको चौधरी बताउँछन् । ‘दूध उत्पादन बढ्नु राम्रो कुरा हो । तर, जसरी उत्पादनले उचाइ लिएको छ सोही अनुपातमा बजारमा खपत भइरहेको छैन । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुने गर्छ । यस वर्ष उत्पादन ४ प्रतिशतसम्मले बढेको देखिन्छ । बजारमा खपत भने १५ प्रतिशतले घटेको छ । यसले गर्दा मौज्दात दिन प्रतिदिन बढ्दो क्रममा छ,’ उनले भने । व्यवसायीहरू बजारमा झोल दूधको विक्री घट्दा पहिलेको मौज्दात धूलो दूध विक्री गर्न नसकेको र हाल किसानसँग किनेको झोल दूधलाई पनि धूलोमा परिणत गर्नुपर्ने अवस्था आउँदा मौज्दातको आकार बढेको बताउँछन् । पाँच महीना अघिसम्म विभिन्न डेरी उद्योगले दूध अभाव भएको भन्दै भारतबाट आयात गर्न दिन माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री नहुने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय रहेको सरोकारवाला बताउँछन् । अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यही बेला उपभोक्ताको आम्दानी स्थिर हुँदा क्रयशक्ति घटेर खपत कम भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल बताउँछन् । उपभोक्ता पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्थामा नरहेको उनको बुझाइ छ । दूधको मौज्दात बढ्दै जाँदा एशोसिएशनले धूलो दूध र बटर बंगलादेश निर्यात गर्न अध्ययन गरेको थियो । यस क्रममा एशोसिएशनले विज्ञहरूको अध्ययन टोली बंगलादेश पठाएको थियो । हालसम्म बंगलादेशले दूध किन्ने/नकिन्ने विषयमा जवाफ नपठाएको दाहालले बताए ।

उत्पादन घट्ने सिजनमै ६ अर्बको दूध बिकेन

काठमाडौं। दूधको उत्पादन घट्ने र बजार माग बढ्ने सिजनमै ६ अर्ब रुपैयाँको दूध विक्री हुन सकेको छैन । आर्थिक मन्दीका कारण दूधको खपत घट्न गएकाले उत्पादन घट्ने सिजनमा पनि दूधको माग घटेर विक्री हुन नसकेको हो । दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन र अन्य अनौपचारिक क्षेत्रले किसानबाट खरीद गरेको दूध बेच्न नसक्दा किसानले दूधको भुक्तानीसमेत पाउन सकेका छैनन् । नेपालमा दैनिक करीब ७० लाख लिटर दूध उत्पादन हुने गर्छ । त्यसबाट औपचारिक क्षेत्रले सामान्य अवस्थामा दैनिक ९ लाख लिटर दूध खरीद गर्छ । मङ्सिरदेखि वैशाखसम्म दूधको उत्पादन बढ्ने र खपत घट्ने सिजन हो भने जेठदेखि कात्तिकसम्म दूध उत्पादन घट्ने र खपत बढ्ने सिजन हो । तर, यसपालि त्यसो भएन जसले गर्दा बजारमा खपत घट्न गई औपचारीक क्षेत्रका दुग्ध व्यवसायीले हाल ३० प्रतिशतसम्मले दूध खरीद घटाएका छन् ।  यति गर्दा पनि ६ अर्ब रुपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन बटर र एसएमपी मौज्दात रहन गएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले जानकारी दिए । उनका अनुसार बजारमा झोल दूध नै विक्री नहुँदा पहिलेको मौज्दात धूलो दूध पनि विक्री भएको छैन । ‘पछि खरीद गरेको झोल दूधलाई पनि धूलो दूधमै परिणत गर्नुपर्ने अवस्था आयो जसले गर्दा यति ठूलो मात्रामा मौज्दात बढ्न गयो,’ उनले भने ।  काठमाडौं उपत्यकाभित्रको करीब ७५ प्रतिशत बजार माग औपचारिक क्षेत्रका डेरीहरूले धान्ने गर्छन् । तर, अहिले औपचारिक क्षेत्रबाट माग हुने दूधको बजार २५ प्रतिशतसम्मले घटेको बताइएको छ । चार महीनाअघिसम्म विभिन्न डेरी उद्योगले दूधको अभाव भएको भन्दै भारतबाट दूध आयात खोल्न माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री हुन नसक्ने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले दूधको विक्री घट्नुमा सबैभन्दा ठूलो कारण आर्थिक मन्दी नै भएको बताए । ‘अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । तर, उपभोक्ताको आम्दानी स्थिर छ । यसले गर्दा उपभोक्ताले पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्था छैन । त्यसैले उपभोक्ताले दूधको उपभोग पनि कटौती गरेकाले दूध विक्री हुन नसकेको हो,’ उनले आर्थिक अभियानसँग भने । दूध किसानको ७० करोड भुक्तानी बाँकी बजारमा दूधको विक्री ह्वात्तै घटेपछि डीडीसी र निजीक्षेत्रका डेरी उद्योगहरूले किसानलाई ४ महीनादेखि ७० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । दु:ख गरेर उत्पादन गरेको दूध विक्रीबाट पाउनुपर्ने रकम नपाएपछि ७० प्रतिशतभन्दा बढी दूध उत्पादक किसान मर्कामा परेको बताइएको छ । दूध उत्पादक किसानले उद्योगीहरूबाट भुक्तानी दिलाई दिन कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई गुहार्दा समेत सुनुवाइ नभएको गुनासो गरेका छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्यले डीडीसीबाट ६० करोड र निजीक्षेत्रका डेरीहरूबाट १० करोड रुपैयाँ गरेर ७० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए । उनका अनुसार ऋण खोजेर गाईभैंसी पालेर उत्पादन गरेको दूधको रकम लामो समयसम्म नपाउँदा दूध उत्पादक किसान पलायन हुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ६ लाख घरपरिवार किसान दूध उत्पादनमा सलंग्न छन् । निकासी गर्न बजार खोजिँदै दूध विक्री हुन नसकेपछि डेरी उद्योगीहरू बढी भएको दूधलाई अन्तरराष्ट्रिय बजारसम्म निर्यात गरेर भए पनि बेच्ने उद्देश्यले त्यसको तयारीमा जुटेका छन् । नेपाल डेरी एशोसिएशनले दूधको अन्तरराष्ट्रिय बजार खोज्न आफ्ना प्रतिनिधिलाई बंगलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बंगलादेश नेपालबाट दूध आयात गर्न सकारात्मक देखिएको र नियमित उपलब्ध गराएमा खरीद गर्न तयार भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । ‘तर, हामीले नियमित रूपमा उपब्ध गराउन सक्ने वा नसक्ने भन्नेमा प्रश्न खडा भएको छ । किनभने नेपाल अहिले पनि ८० प्रतिशत मात्रै दूधमा आत्मनिर्भर भएको अवस्था हो । त्यसैले बाह्रै महीना पठाउन नसकिने हो कि भन्ने कुराले सम्झौतामा हामी अझै जान सकेका छैनौं,’ उनले भने । यद्यपि एशोसिएशनले बंगलादेशभन्दा बाहिरका लागि पनि सम्भावित बजार खोज्दै छ ।

दुग्ध पदार्थको मूल्य बढाउने तयारी

काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो । महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ । राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य पनि गुणस्तर अनुसार ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ । राष्ट्रिय दुग्ध विकास संस्थानका सूचना अधिकृत बालक चौधरीले कति रुपैयाँ मूल्य बढाउने भन्ने बारेमा सरोकारवाला निकायका अधिकारीहरू बीचमा छलफल भइरहेको भए पनि अभैंm टुङ्गो लागि नसकेको बताए । प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने अनुमान रहेको उनले बताए । ‘दुग्ध पदार्थको मूल्य नबढेको ३ वर्ष भइसक्यो यस बीचमा अन्य सबै वस्तुको मूल्य बढ्यो । यसले गर्दा दूधको लागत बढेको बढ्यै भयो तर दूधको मूल्य बढेको छैन । त्यसैले मूल्य बढाउनुपर्ने अवस्था आएको हो । मूल्य बढाउँदा उपभोक्ताको क्रयशक्तिलाई समेत विचार गरिनेछ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । दूधको मूल्य नबढाएसम्म किसानले आफ्नो श्रमको मूल्य नपाउने दुग्ध उत्पादक किसानहरूले बताएका छन् । नेपालमा वार्षिक रूपमा २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये १२ देखि १७ प्रतिशत औपचारिक क्षेत्रमा आउने गरेको तथ्यांक छ । औपचारिक क्षेत्रमा विक्री हुने दूधबाट हरेक दिन ५ देखि ७ लाख रुपैयाँ शहरबाट गाउँ जाने गरेको व्यवसायीहरू बताउँछन् ।

विराटनगरामा एक करोड लिटर दूध संकलन

दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।

दुग्ध विकास संस्थान विराटनगरले गर्‍यो एक करोड लिटर भन्दा बढी दूध संकलन

दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत विक्री वितरण गरिएको, २० लाख लिटर दूध विक्रीका लागि काठमाडौं पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका…

विराटनगरमा वार्षिक एक करोड पाँच लाख लिटर दूध संकलन :: Pahilopost.com

विराटनगर :  दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।  सोमध्ये ३६ लाख लिटर संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको