किसानको आन्दोलनले दुग्ध विकास संस्थान (डीडीसी) को आन्तरिक भ्रष्टाचार छताछुल्ल भएको छ । ६५ रुपैयाँ लिटरमा किनेर ९८ रुपैयाँ लिटरमा दूध बेच्दै गर्दा कसरी संस्थान घाटामा गयो ? संस्थानका कर्मचारीको लोभले आज संस्थान धराशायी मात्र नभएर किसानको समेत उठीबास हुँदै छ । अघिल्लो आर्थिक वर्षमा सरकारसँग ३० करोड ऋण लिएको संस्थानले त्यही रकमबाट आफ्ना कर्मचारीको तलब बाँडेको देखिन्छ । के उनीहरूको तलब, सेवासुविधा, भत्ताका लागि किसानले आफ्नो दूधको मूल्य छोडिदिनुपर्ने ?