डेरी उद्योगीले रोके किसानको ५ अर्ब भुक्तानी

काठमाडौं डेरी उद्योगीले दूध उत्पादक किसानको ५ अर्ब रुपैयाँ भुक्तानी रोकेका छन् । करीब साढे ९ अर्ब रुपैयाँ बराबरको धूलो दूध र बटर विक्री नभएको बहाना बनाउँदै उद्योगीले किसानलाई भुक्तानी दिनुपर्ने रकम रोकेका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले निजी डेरीसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट किसानले ५ अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए । डीडीसीले मात्रै करीब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । बाँकी ३ अर्ब रुपैयाँ निजीक्षेत्रका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशन अन्तर्गतका डेरीहरूले भुक्तानी गर्नुपर्ने रकम हो । बजारमा आउने कुल दूधको ३० प्रतिशत डीडीसीले बाँकी निजी डेरीले किन्छन् । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दैनिक रूपमा बजारमा आउँछ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजारमा दूधको खपत घट्दा डेरी उद्योगीले आफूहरूसँग ९ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताउँदै किसानलाई दिनुपर्ने भुक्तानी रोकेको चौधरीले बताए ।  बोर्डले संकलन गरेको तथ्यांकअनुसार डीडीसीसँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात छ । ‘किसानले पाउनुपर्ने रकम रोकिनु राम्रो होइन । जतिसक्दो चाँडो किसानलाई रकम भुक्तानी दिन हामीले पहल गरिरहेका छौं,’ डा. चौधरीले आर्थिक अभियान दैनिकसँग भने ।  सामान्यतया भदौको अन्तिम साताबाट फागुनसम्मै दूध उत्पादन बढ्ने सिजन हो । तर, उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातवरणमा देखिएको उतारचढावका कारण यस वर्ष दूध उत्पादन बढेको बोर्डले बताएको छ । नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले पनि निजी डेरीहरूले करीब ३ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको स्वीकार गरे । पाउडर प्लान्टमा उत्पादन भएको धूलो दूध र बटर विक्री नभएपछि भुक्तानी दिन नसकिएको उनले बताए । उनका अनुसार गतवर्षदेखिकै पाउडर दूध लामो समयसम्म बजारमा जान सकेको छैन, पूँजी स्टक भएर बस्दा डेरी उद्योगलाई चल्नै गाह्रो भएको छ । त्यसको सीधा असर किसान र किसानको भुक्तानीमा पर्न गई समयमा रकम चुक्ता गर्न अप्ठ्यारो अवस्था सृजना भएको उनले बताए । बजारमा दूधको खपत घटेको भन्दै निजी डेरीहरूले यतिबेला दूध खरीद करीब १५ प्रतिशतले घटाएको केन्द्रीय दुग्ध सहकारी महासंघका महासचिव रामप्रसाद आचार्यले बताए । ‘डेरी उद्योगीले नियमित दूध खरीद घटाउँदा हामीले किसानसँग दूध किन्न सकेका छैनौं । उद्योगीका कारण अघोषित मिल्क होलिडेको अवस्था आएको छ । डेरीहरूले उपभोक्तालाई दूध र अन्य दुग्धपदार्थ नगदमा बेच्छन्, तर किसानको पैसा समयमा दिन मान्दैनन् । एकदेखि ३ महीनासम्मको भुक्तानी नपाउँदा किसानहरूमा रुवाबासी छ । दूध बेचेको पैसा नपाउँदा गाईभैंसीलाई दाना खुवाउनसम्म मुश्किल पर्ने अवस्था आइसक्यो,’ महासचिव आचार्यले भने । 

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंलाई बैंकको सावाँ मात्रै साढे ५ अर्ब

१२ चैत, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ब्याज बाहेक नै बैंकहरुको करिब ५ अर्ब ५७ करोड कर्जा रहेको खुलेको छ । प्रसाईंलगायतको लगानीका ती कम्पनीमा ८ वटा बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ५७ करोड कर्जा रहेको नेपाल राष्ट्रबैंक स्रोतले जनायो । प्रसाईंले मुख्य रुपमा यी […]

पेट्रोलियम ढुबानीमा ५ अर्ब बचत

तीन वर्षअघि बाराको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाल आयल निगमको ढुबानी बापत ५ अर्ब रुपैयाँ बचत भएको छ ।अमलेखगन्जस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन सञ्चालन भएको ३ वर्षमा आयल निगमले ढुबानीबापत ५ अर्ब रुपैयाँ बचत गर्न सफल बनेको जानकारी गराएको हो ।दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाअन्तर्गत मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ […]

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ। मंगलवार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलन...

टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक बर्षको चैत्र महिनासम्म ५ अर्ब ४३ करोड खुद नाफा कमाउन सफल भएको छ । टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय अनुसार खुद नाफा केही घट्न पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा करिब ४५ करोड बरारबले कम हो । गत बर्षको चैत्रसम्म कम्पनी ५ अर्ब ८८ करोड […]

४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात

पछिल्लो ४ महिनामा ५ अर्बभन्दा बढीको ल्याप्टप तथा नोटबुक आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म ५ अर्ब ३७ करोड ३८ लाख ६० हजारका ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका हुन् ।  भन्सार विभागको तथ्यांकमा पछिल्लो ४ महिनामा ५ अर्ब बढीका ९५ हजार ७५९ थान ल्यापटप आयात भएको उल्लेख गरिएको छ ।  गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म २ अर्ब आठ करोड ४१ लाख भन्दा बढीका कुल ३७ हजार...

वर्षाबाट पीडित किसानलाई साढे ५ अर्ब राहत

काठमाडौँ । बेमौसमी वर्षाबाट पीडित किसानलाई सरकारले साढे ५ अर्ब रुपैयाँ बराबर राहत दिने भएको छ । मन्त्रिपरिषद् बैठकले हिजो (बिहीबार) किसानको वर्गीकरण गरी पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने निर्णय गरेको हो । १ लाख ९१ हजार हेक्टरमा लगाइएको धानमा राहत दिइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘उक्त क्षेत्रफलका लागि ५ अर्ब ५२ […]

५ अर्ब रुपैयाँको आइफोन

काठमाडौं । साधारणतथा एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरु छन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्ने सुन्दा आश्चार्य नै लाग्न सक्छ । हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर […]

दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार

आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ ख

झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब

काठमाडौं। देशका सबै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउन ५ अर्ब बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा देशका सबै तुइन विस्थापन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट

सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए। सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा हुने उनले बताए । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।