विराटनगरामा एक करोड लिटर दूध संकलन

दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।

सम्बन्धित सामग्री

९ महीनामा २ लाख १४ हजार लिटर मही आयात

काठमाडौं । घरैमा गाईभैंसी पालेर दूध, दही, मही, घिउ जस्ता दुग्धपदार्थ उपभोग गर्ने चलन रहेको नेपालमा पछिल्लो समय मही पनि विदेशबाटै आयात हुन थालेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत) मा नेपालीले २ लाख १४ हजार लिटर मही विदेशबाट आयात गरेर पिएका छन् । नेपाल कृषिप्रधान देश मानिन्छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्यांक छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर, महीसमेत आयात भएको तथ्यले नेपालको परनिर्भरताको स्तर देखाएको छ । विभागका अनुसार उक्त अवधिमा ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम मही आयातका लागि विदेशिएको छ । मही आयातबाट सरकारले १ करोड ८ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी बटर मिल्क ११ हजार ८७५ लिटर आयात भएको छ । स्वादिलो दूध र क्रिम २ हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर आयात भएको छ । दूध पाउडर ५ लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध २ लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरकफरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको तथ्यांक छ । त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध ३ लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याट कन्टेन्ट) २ हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार उक्त अवधिमा १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको छ । त्यसैगरी, स्वादिष्ट र महँगो मानिने सालमन माछा पनि आयात भएको छ । प्रशान्त महासागरमा पाइने उक्त माछा संसारभर लोकप्रिय छ । चालू आवको ९ महीनामा २ हजार ७१८ किलो सालमन माछा आयात भएको छ । उक्त माछाको अन्य प्रकारसमेत गरी ५ हजार ९५० किलो आयात भएको छ । ती माछा आयातमा १ करोड ९१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । उक्त अवधिमा १ हजार ८०० किलो गँगटा विदेशबाट आएको छ । गँगटा आयात गर्न १२ लाख ८२ हजार रुपैयाँ बाहिरिएको छ । विभागका अनुसार गत साउनदेखि चैतसम्ममा २ लाख ९५ हजार ६१ किलो सुक्खा माछा आयात भएको छ । सुक्खा माछा आयातमा ९ करोड ६६ लाख रुपैयाँ विदेशिएको छ । नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिस पनि छ । ९ महीनाको अवधिमा ३ लाख ४८ हजार ७५० किलो क्याटफिस आयात भएको छ । यसको आयात मूल्य ८ करोड ३९ लाख रुपैयाँभन्दा बढी छ । माछाको मासु ८ हजार किलो त्यस्तो आयात भएको छ । त्यसका लागि १८ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । टुनाफिस ९ सय १० किलो आएको छ । यसको मूल्य झन्डै २२ लाख रुपैयाँ छ । सरकारले जोन नै तय गरेर कृषि उत्पादन बढाउने र पशुपालनमा सर्वसाधारणलाई प्रेरित गर्ने नीति लिए पनि त्यसले खासै नतीजा दिन नसक्दा स्वदेशमै उत्पादन गर्न सकिने कृषि र पशुजन्य उत्पादनको आयात बढ्न थालेको सरोकारवाला बताउँछन् । रासस

भरतपुरमा सञ्चालनमा आयो ‘गंगा’ ब्रान्डका दूध र दुधजन्य परिकारको विक्री केन्द्र

भदौ १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित  गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दुधजन्य परिकार विक्री गर्न विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।  सोमवार कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त संस्थाले दूध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको हो । सहकारीले भरतपुर २२, धनौजीमा रहेको केन्द्रीय कार्यालयमा विक्रि केन्द्र सञ्चालनमा ल्याइ  सेवा शुरु गरेको हो ।  विक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मूल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्यआफैले तोकेर विक्री गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गरे  । उनले  दूधको बजारीकरण र यान्त्रिकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए  । वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै यहाँको रकम  बाहिर जानबाट जोगिने बताए ।  गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रीगर्दा किसानको लागतपनि उठ्न गाह्रो भएको भन्दै  किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रुपमा सहकारीलाई विकास गरिने बताए । उक्त सहकारीले आफ्नै  नमूना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक ६  हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।  गत वर्षदेखि परीक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले तीन महीनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्री केन्द्र भएपनि यो  सहितसहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक विक्री गर्ने लक्ष्य राखेको छ । विक्री केन्द्रबाट पहिलो चरणमा  दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिम लगायतका विभिन्न मिठाइका उत्पादन गरी विक्री शुरु गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उनका अनुसार सहकारीले क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने छ ।  प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधबाट तत्कालै परिकार बन्ने हुँदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दाबी गरे । सहकारीले करीब  २ करोड रुपैयाँको लगानीमा उद्योगसहित सहकारीकै भवनमा विक्री केन्द्र स्थापना गरेको हो । २०४९ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले ५०० भन्दा बढी किसान आबद्ध छन् ।

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

चितवनमा दूधको उपभोग बढ्यो

चितवन (अस) । निषेधाज्ञा खुकुलो भएर विक्रीवितरण सहज भएसँगै चितवनमा दूधको उपभोग बढेको छ । माग बढ्दै गए पनि निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय उत्पादन भने घटेको किसानले बताएका छन् । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न त घरवालाले माग्थे न त डेरी पसल नै दिनभर खुल्थे,’ उनले भने, ‘पहिले बजार आफैले लैजाँदा फर्काउनु पथ्र्यो, अहिले उत्तिखेरै विक्री हुन्छ ।’ हाल आफूले दैनिक ४० लिटर दूध विक्री गर्दै आएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी, पसल, होटल, चिया पसल र घरमा दूध पु¥याउँदै आएका छन् । कतिपयले सहकारीमार्फत दूध विक्री गर्दै आएका छन् । भरतपुर महानगरपालिका–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल भने अहिले दुग्ध खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ, तर दूध उत्पादन छैन,’ उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन हुन्थ्यो, अहिले १ हजार ५०० लिटर संकलन हुने गरेको छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो,’ उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउनमा चाडपर्व र व्रत बस्ने प्रचलन कारण दूधको उपभोग बढेको उनले बताए । साउनमा उत्पादन घट्ने र उपभोग बढ्ने भएकाले पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेकोमा हाल करीब ३ लाख लिटर उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । हाल घरघरमै दूधको माग र उपभोग बढी भएकाले पनि बजारमा दूध अभाव समेत देखिएको उनको भनाइ छ । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत स्थानीयस्तरमै हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिए पनि अहिले आधा यहीँ खपत भएर बाँकी बाहिर पठाउने गरिएको छ । यसपटक ४५ दिनको निषेधाज्ञा अवधिमा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको नोक्सान बेहोर्नुपरेको गुनासो किसानको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० ओटा दुग्ध सहकारी छन् । जिल्लाका ४० हजार किसानले दूध बेच्ने गर्दछन् ।

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए । घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । साथै मकवानपुर लगायत जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठले बताए । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटर रहेको छ । रासस

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए ।      घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । रासस

हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा ६० हजार लिटर घ्यू निर्यात

साउन ८, हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/ ७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।            घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन भइरहेको छ । त्यस्तै आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत आव २०७७/ ७८ मा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ ।            उक्त आयोजनाअन्तर्गत सात ओटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।            औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई विक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ । आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन ३ हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ ।            त्यस्तै फ्रेसमिल्क १ हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्यांकमा उल्लेख छ । ११७ जना कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीन ओटा डिस्ट्रिब्युटर, २८ ओटा डिलर र १९७ ओटा विक्री बुथ रहेको छ । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।रासस

विराटनगर दुग्ध वितरण आयोजना : दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले प्रदेश १ र २ का समेत गरी ७ हजार दुग्ध किसानलाई चार महीनादेखिको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजनाले संकलित दूधको फागुन, चैत, वैशाख र जेठकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दूध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउँछन् इलामका किसान विष्णुप्रसाद दुराल । उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दूध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिँदै आएको छ । उनको सहकारीलाई नै प्रतिलिटर न्यूनतम ४५ रुपैयाँको दरले हिसाब गर्दा पनि केन्द्रले १० लाख ८० हजार रुपैयाँ दिन बाँकी छ । किसानले दूधको रकम समयमा भुक्तानी नपाउदा गाईभैंसीलाई खुवाउने चोकर, दाना, भिटामिन लगायत किन्न सक्दैनन् । दूधको आम्दानीबाटै उनीहरूले घरको समेत खर्च चलाउनुपर्ने अवस्था छ । तर लामो समय भुक्तानी नपाउँदा आफूहरू निकै मर्कामा परेको किसान दुरालले बताए । धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका २० माउ गाई छन् । उनले दैनिक दैनिक २२० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिँदै आएका छन् । केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध विक्री गर्छ । चिस्यान केन्द्रबाट उनले १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन नपाएको उनले बताए । यसकारण दूधको दैनिक उत्पादन घटेर ४० लिटरमा झरेको उनले सुनाए । अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको बताए । उनका अनुसार निषेधाज्ञाका कारण ढुवानी नहुँदा पशुआहाराको अभाव छ । अर्काेतिर, किनेर ल्याउन पैसा छैन । ९ माऊ गाई भएका उनले पहिले दैनिक एक सय लिटरसम्म दूध विक्री गर्दै आएका थिए । अहिले दैनिक ७० लिटर मात्र  विक्री गरिरहेका छन् । दुग्ध संकलन केन्द्रहरूबाट दैनिक संकलित दूध प्रशोधन गरी आयोजनाले दूध, घ्यू, दही, पाउडर दूध, पनिर, चीज, मख्खन लगायत बनाएर विक्री गर्दै आएको छ । सोही विक्रीबाट उसले किसानलाई भुक्तानी गर्ने हो । निषेधाज्ञाका कारण विक्री घटेपछि भुक्तानीमा समस्या भएको आयोजनाका विराटनगर प्रमुख गणेश यादवले बताए । आयोजनाले दैनिक संकलन गर्ने २६ हजारदेखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दूध इलामबाट मात्रै आउने गरेको छ । यसबाहेक धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरीका किसानले पनि संस्थान मातहतकै दुग्ध वितरण आयोजनालाई दूध बेच्ने गरेका छन् । निजीक्षेत्रका डेरीले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य दिने गरेका छन् । तर, सरकारी संस्थानले प्रतिलिटर ४५ देखि ४६ रुपैयाँसम्म दिने गरेका छन् । आयोजनाका अनुसार दैनिक तीन हजार लिटर दूध मात्रै विक्री हुने गरेको छ । एक हजार लिटर हाराहारी दही र बाँकी पाउडर विक्री हुन्छ । तर, दूध र दही विक्री नभएपछि पाउडर उत्पादन गरी स्टक गरिएको छ । आयोजनासँग अहिले २६० टन पाउडर दूध छ । यस्तै ६० टन मख्खन र ५ टन घ्यू छ । ‘यस्तै अवस्था रहिरहने हो भने मिल्क होलिडे गर्नुको विकल्प हुन्न,’ आयोजना प्रमुख यादवले भने । विवाह, ब्रतबन्ध लगायतका अनुष्ठान र पार्टीहरू नहँुदा उत्पादित दुग्ध पदार्थ गोदाममै थन्क्याउनु परेको उनले बताए ।

दुग्ध विकास संस्थान विराटनगरले गर्‍यो एक करोड लिटर भन्दा बढी दूध संकलन

दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत विक्री वितरण गरिएको, २० लाख लिटर दूध विक्रीका लागि काठमाडौं पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका…

विराटनगरमा वार्षिक एक करोड पाँच लाख लिटर दूध संकलन :: Pahilopost.com

विराटनगर :  दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ।  सोमध्ये ३६ लाख लिटर संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको