कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि

काठमाडौं : कालिकोटमा मलामी गएका वडाअध्यक्षसहित १३ जना बेपत्ता भएका पुष्टि भएको छ। तिलागुफा ४ राँचुलीका युवक हेमराज शाहीको मलामी गएका वडाध्यक्ष परबहादुर शाही सहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। माथिबाट पहिरो झरेर १५ जनालाई बगाएको खबर स्थानीयले दिएपछि प्रहरी आज बिहान घटनास्थलमा पुगेको हो।शर्माका अनुसार बेपत्ताहरु पहिरोसँगै बगेर तिला नदीमा खसेका आशंका गरिएको छ। प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको छ। राँचुली गाउँमाथिबाट आएको पहिरोले २

सम्बन्धित सामग्री

केदारनाथमा पहिरो : जुम्लाका एकै घरका सातसहित १३ जना बेपत्ता

जुम्ला : पहिरोमा परी पातारासी गाउँपालिकाका एकै घरका सातजना सहित १३ जना बेपत्ता भएका छन्। भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोले बेपत्ता बनाइएको हो।पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १३ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आएको बताइन्।उनका अनुसार पातारासी–३ चौर गाउँका एकै परिवारका ७ जना सहित १३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ। पातारासी गाउँपालिका उपाध्यक्ष रोकायाले वडानम्बर ३ चौर गाउँका अमृत बोहरा र उनकी श्रीमती अनिता बोहरा, छो

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

एजेन्सी । चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् । चीनका अधिकांश नदीको बहाव बस्तीसम्म प्रवेश गर्दा सयौंको बिचल्ली भएको छ । सडक र विमानस्थलमा पानी जमेकाले यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ । सयौं कारहरु बाढीले बगाएको […]

आलै छ, पहिरोले १३ जना मलामी लगेको घाउ

जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना मलामी बगाएको घटनाले आलै छ। यो गाउँ अहिले पनि शोकमग्न छ। बाढीपछि विपत्‌का भग्नावशेष राजमार्ग छेउछाउमा अहिले पनि छन्।बाढीपहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी बगाएर बेपत्ता बनाएको थियो। खोला उजाड र सुक्खा छ। खोलाको पूर्वतिर सडक माथिपट्टि मलामी गएर बेपत्ता भएका २३ वर्षीय नरेश शाहीको घर छ। एक मात्रै छोरा मलामी जाँदा बेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओभाएका छैनन्।

शव जलाउदा जलाउँदै पहिरोमा पुरिएर १३ जना बेपत्ता, कोही भेटिएनन्

कालिकोट, असोज २५ । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली […]

कालीकोट - पहिरोमा परेर वडाअध्यक्षसहित मलामी गएका १३ जना बेपत्ता भएकाे पुष्टि

काठमाण्डाै - कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको  पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहिरोमा परेका हुन् ।‘१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उहाँले भन्नुभयो– ‘पहिरो सिधै तिला नदीमा खसेको छ । नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका ह...

मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण उनीहरु पहिरोमा परी बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]

१३ जना बेपत्ता मलामीको पहिचान खुल्यो

काठमाडौं, २४ असोज । स्थानीय हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका १३ जना मलामीको पहिचान खुलेको छ । बेपत्ता हुनेहरु कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही,भेषबहादुर शाही, धन शाही,अलि शाही,खेमराज शाही, मानबहादुर शाही,मोतिलाल शाही, परबहादुर शाही,नरेश शाही र प्रशान्त शाही रहेको प्रहरीले जनाएको छ । अन्य बेपत्ता […]

कालिकोटमा शव जलाउँदै गर्दा पहिरो खसेर १३ जना मलामी बेपत्ता भएको पृष्टि

काठमाडौं, २४ असोज । मलामी गएका कालिकोटमा १३ जना बेपत्ता भएको पृष्टि भएको छ । तिलगुफा नगरपालिका राँचुली गाउँको हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी गएकाहरु हराएको बुझिएको छ । राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार […]

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।  उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको