केदारनाथमा पहिरो : जुम्लाका एकै घरका सातसहित १३ जना बेपत्ता

जुम्ला : पहिरोमा परी पातारासी गाउँपालिकाका एकै घरका सातजना सहित १३ जना बेपत्ता भएका छन्। भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोले बेपत्ता बनाइएको हो।पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १३ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आएको बताइन्।उनका अनुसार पातारासी–३ चौर गाउँका एकै परिवारका ७ जना सहित १३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ। पातारासी गाउँपालिका उपाध्यक्ष रोकायाले वडानम्बर ३ चौर गाउँका अमृत बोहरा र उनकी श्रीमती अनिता बोहरा, छो