कालिकोटमा शव जलाउँदै गर्दा पहिरो खसेर १३ जना मलामी बेपत्ता भएको पृष्टि

काठमाडौं, २४ असोज । मलामी गएका कालिकोटमा १३ जना बेपत्ता भएको पृष्टि भएको छ । तिलगुफा नगरपालिका राँचुली गाउँको हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी गएकाहरु हराएको बुझिएको छ । राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार […]

सम्बन्धित सामग्री

कालीकोट पहिरोमा बेपत्ता २३ मध्ये ४ को शव फेला, १९ अझै भेटिएनन्

अविरल वर्षाले ठाउँठाउँमा पहिरो खस्दा कालीकोट जिल्लाभर बेपत्ता भएका २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ । १९ जना अझै बेपत्ता छन् । यहाँको तिलागुफा ४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । दुई जना घाइते अवस्थामा बाच्न सफल भएका छन् ।

पहिरोमा वेपत्ता भएका १३ जना मलामीको शव फेला

कालिकोटको कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा ठूलो पहिरो आएपछि वेपत्ता भएका १५ मलामी मध्ये १३ जनाको शव फेला परेको छ । गत शनिबार मृतक स्थानीय युवक हेमराज शाहीको मलामी गएका राँचुली वडा नं. ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए । …

भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको शव फेला, कयौं बेपत्ता

भारतको हिमाञ्चल प्रदेशस्थित किन्नौर जिल्लामा पहिरो चल्दा मानवीय हताहती निकै भएको छ। उद्धारकर्मीहरूले हालसम्म  पहिरोको थुप्रोबाट १३ जनाको शव निकालेका छन्। कयौं मानिस त्यहीँ पुरिएको आशंका गरिएको छ। किन्नौरको भावानगरस्थित निगोसारी र चौराको बीचमा अचानक ठूलो पहिरो खसेको बीबीसी हिन्दीमा उल्लेख छ१३ जनाको शव फेला पारिएको र अरू १३ जना घाइते रहेको पुष्टि जिल्ला जनसम्पर्क अधिकारीले गरेका छन्। हिमाञ्चल र उत्तराखण्डमा केही महिनायता लगातार एकपछि अर्को पहिरो चलिरहेको छ।

गण्डकी प्रदेशमा पहिरो

अविरल वर्षाका कारण गण्डकी प्रदेशका कास्की, लम्जुङ र म्याग्दीमा पहिरो जाँदा ३० जनाको मृत्यु भएको छ । म्याग्दीमा अझै केह बेपत्ता छन् । अहिलेसम्म म्याग्दीमा २० को शव भेटिएको छ । कास्कीमा ७ र लम्जुङमा ३ जनाको ज्यान गइसकेको छ । म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार हराएका १३ जना व्यक्तिको खोजी भईरहेको छ ।