गाईभैसींलाई लाग्ने खोरेत, भ्याकुते रोग खसीबाख्रा, भेडामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्सा जिल्लाको १४ स्थानिय तहमा रहेका ९३ हजार ५ सय गाईभैंसी तथा खसीबाख्रालाई रोग विरुद्धको खोप लगाइएको छ ।
भेटेरिनी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बीरगञ्जका निमित्त कार्यालय प्रमुख वीरबहादुर श्रेष्ठका अनुसार पर्सा जिल्लाको १४ स्थानीय तहमा रहेका ९३ हजार पाँच सय गाईभैंसी तथा खसीबाख्रा र भेडालाई रोग विरुद्धको खोप लगाईएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम अनुसार गाईभैसीलाई खोरेत रोग बिरुद्धको एफ.एम.डी. खोप १२ हजार डोज लगाईएको छ भने गाईभैसीलाई नै भ्याकुते रोग बिरुद्धको एच.एस.बि.डी खोप ७ हजार पाँच हजार डोज लगाइएको भेटेरिनी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगञ्जका निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।