मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ । सुरुका दुई वर्ष सरकारी नियन्त्रणमा रहेको यो रोगले महामारीको रूप लिएको हो । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।