अबिरल वर्षापछिको बाढीका कारण सिन्धुपाल्चोकको इन्द्रावती गउँपालिकास्थित सीताघाट पुल जोखिममा परेको छ ।
खोलामा पानीको बहाव अप्रत्यासित रूपमा बढेका कारण सीता घाटको पुल जोखिममा परेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
हेलम्बु गाउँपालिकामा पछिल्लो दुई तीन दिनदेखि लगातार भएको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य खोलामा बाढी आएको उनले बताए ।
‘हिजो दिउँसो तीन बजे मेलम्ची खोला पहिरोले पुरेपछि खोला थुनिएर बाढीले ठूलो आकार लिएको थियो,’ अध्यक्ष तामाङले भने, ‘त्यस पछि इन्द्रावती ...