मकवानपुर : मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ। पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ।गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिए। उनका अनुसार सो मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले ४० लाख तथा संघीय सरकारले ३० लाख उपलब्ध गराएको छ।मैदान पूर्वाधार